Comments Add Comment

बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

गावर खोला र गढौली नाकाको पुल बाढीले बगायो

२८ साउन, नेपालगन्ज । अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । बाढीले कबिराज थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो ।

बाढीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिए पनि सनाखत हुन सकेको छैन ।

प्रहरी उपरीक्षक तामाङले घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको बताए । बाँकेमा राप्तीनदीको सतह बढ्दा बाँकेको डुडुवा गाउपालिकाको होलिया बेतहनी लगायतका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बाढीबाट प्रभावित हुने स्थानहरुको पहिचान गरी क्षति न्यूनिकरण गर्न र हुनसक्ने जोखिबाट बचाउन विभिन्न टोलि परिचालन गरेको र केही तयारी अवस्थामा राखेको जानकारी दिए ।

उता, अबिरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्गको कुशम होहलपुर सडक खण्डअन्तर्गत पर्ने गावर खोलाको पुल बगाएको छ । गावरदेखि १२ किलोमिटर पश्चिम गढौली नाकाको पुल समेत बाढीले बगाएपछि जनजीवन प्रभावित हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment