बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

‘बन्दरगाह’ जस्तै बन्यो बिराटनगर विमानस्थल !

अस्पताल डुब्यो, सवारी साधन देखिन छाडे

अनलाइनखबर


२८ साउन, बिराटनगर। माथिको तस्वीरमा जलाशयभित्र एउटा जहाज देखिन्छ । तर, यसलाई पानीजहाज चाहिँ नठान्नुहोला, किनभने यो हवाइजहाज हो ।

भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज । बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको छ ।

बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । झट्ट हेर्दा यस्तो लाग्छ, यो विमानस्थल नभएर पानीजहाज रोकिने बन्दरगाह हो ।

डुबानका कारण यसरी विमानस्थल नै डुबेको सम्भवतः नेपालकै यो पहिलो घटना हो ।

दुई दिनयता बिराटनगर विमानस्थलको सम्पूर्ण सेवा ठप्प भएको छ । जहाजका पाङ्ग्राहरु डुबेको अवस्थामा देखिएको श्री एयरलाइन्सको यो विमानचाहिँ दुई दिनअघि परीक्षण उडानका क्रममा काठमाडौंबाट बिराटनगर पुगेको थियो ।

बिराटनगरको विमानस्थल प्रवेश गर्ने प्रवेशद्वारदेखि नै पानी भरिएको छ । सवारी साधन लिएर वा पैदलरुपमा कोही पनि मानिस मुख्य सडक पार गरेर विमानस्थलसम्म पुग्न सक्ने स्थिति छैन ।

अनलाइनखबरकर्मीसहित सञ्चारकर्मीको एक टोली शनिबार विमानस्थलको अवलोकन गर्न निस्के पनि त्यहाँसम्म पुग्न नसकी वीचबाटै फर्कनुपरेको छ ।

विमानस्थलको टर्मिनल भवन आसपास सुरक्षाकर्मीले पहरा दिने ब्यारेकसमेत डुकेको छ । डुबानका कारण विमान सेनामात्रै होइन, विमानस्थलको सुरक्षासमेत अस्तव्यस्त बन्न पुगेको छ ।

एयरपोर्टमा देखिएको डुबानले यहाँको विमानस्थल कतिसम्म असुरक्षित छ भन्ने स्पष्ट पारेको छ । बाढी पीडितहरुको तत्काल उद्धार गर्नुपर्ने भएमा यो विमानस्थल प्रयोग गर्न नसकिने स्थिति आएको छ ।

सिंगै बिराटनगर जलमग्न

त्यसो त बिराटनगर महानगरपालिकामा अहिले विमानस्थलमात्रै होइन, सिंगै शहर जलमग्न बनेको छ । बाटामा सवारी साधनहरु चल्न सक्ने स्थिति छैन ।

घरहरु पनि भुइँतलामा बस्न नसक्ने गरी डुबानमा परेका छन् । बिराटनगर नोबेल अस्पतालको भुइँ तलामा पानी पसेपछि बिरामीहरु मर्कामा परेका छन् ।

२०७४ साउन २८ गते १३:४० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • Hem Giri लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १४:३०

    श्री एयरको गल्ती ! पानी जहाज ल्याउनु पर्ने, हावाइ जहाज ल्याउनले बर्बाद !

    6
    3
    Share

  • Bikyan Rai लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १४:३२

    Yasto paritithima sabai miler uddar ma lagnu parchha
    ra yasto asurakkshit thauma basti basauda bichar puryaunu parchha aba ko yasthani sarakarale dhirai socher basti shaharikarn ma dhyan dinu parchha

    1
    0
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १४:४८

    KP Oli ko Panijahaj chalaune sapana pura hola jasto xa!

    7
    9
    Share

  • Indra wanem लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १५:११

    Dharan ma pani airport bhaeko bhae yo sankat ma kasto ramro hunthyo.

    9
    0
    Share

  • प्रदेश नं १ लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १५:४३

    हरेक वर्ष वर्षातको समयमा पूर्वको मुख्य शहरहरु विराटनगर इटहरी लागयतका शहरहरुमा बाढिको प्रकोश सामान्य जस्तै बनेको छ । ढल बत्ति पानि बस्ती यातायातको उचित व्यवस्थापनको अभावमा पूर्वका विशाल शहरहरुले खेप्नुपर्ने दुर्दशा कहालि लाग्दो छ । यतिखेर करिव करिव नेपालको पूर्वि शहरहरु सूचना संचार तथा यातायात पूर्णरुपमा विच्छेद भएको छ भन्दा फरक पर्दैन । सर्वसाधारण जनता घरबाट बाहिर निक्लन सकेको छैन । विजुलीको लाइन काटिएको छ । टेलिफोन सेवा अवरुद्ध छ । सम्पृर्ण सडकहरु जलमग्न छन् ।
    यतिखेर यो विषय त्यति सान्दर्भिक त नहोला । तर भविष्यमा प्रदेश नं १ को राजधानिको रुपमा कल्पना गरिएको यि शहरहरुको यो हविगत देख्दा आम जनता राजनितिक दल मिडियाकर्मि बुद्धिजिवि सबैले निष्पक्ष तवरले बोल्न जरुरी छ कि भविष्य हाम्रो प्रदेशको राजधानि यस्तो ठाउमा बनोस जहाँ यस प्रकार प्रकृतिक प्रकोप अस्वाभाविक वातावरणिय परिवर्तन भौगोलिक असुविधा जस्ता समस्याहरुको सामना गर्न नपरोस ।
    कोशि व्यारेजको ढोका खोल्ने सहमति भारतबाट नपाइरहदा अर्काको हातमा हाम्रो ताला चाबि रहिरहँदा हामि हाम्रो शान स्वाभिमान र सार्वभौमितालाई कसरी बचाईराख्न सक्छौं । हामि हाम्रो राजधानिलाई कसरी सुरक्षित राख्न सक्छौं । विषय जटिल छ । बिचार गरौं ।
    यतिखेरको प्राकृतिक प्रकोपबाट बाहिर निक्लन निकाल्न आम समुदाय एक अर्काको मद्दत साथ सहयोगमा जुटौं । धन्यवाद ।

    5
    0
    Share

  • गोविन्द प्याकुरेल लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १५:५५

    प्रकृतिलाई नियन्त्रण गरे पछि मानबलाई भोग्नु पर्ने विवशता ।

    1
    0
    Share

  • NABIN KHAPANGI लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १६:४६

    pls tarai ma koi help line namber painchha ki????

    1
    0
    Share

  • Sadabahar लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १७:४३

    अब यहिबाट हवाई जहाजको सट्टा पानी जहाज चलाए भैगयो नि

    0
    0
    Share

  • Arjun kumar Chaudhary लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १८:२२

    प्लाटिंग गरेर घडेरी बेच्नेहरुलाई यही पानीमा डुबाएर मार्नु पर्छ ।
    तिनीहरुले गर्दा नै आज यो अवस्था सिर्जित भएको हो ।

    5
    0
    Share

  • birkhe लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १:२७

    aafno astitwo sanga bachna nasakne desh

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this