Comments Add Comment

काउटिन्होका लागि बार्सिलोनाको तेस्रो प्रस्ताव पनि अस्वीकृत

२ भदौ, काठमाडौं । ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होका लागि बार्सिलोनाले राखेको कीर्तिमानी प्रस्ताव लिभरपुलले अस्वीकार गरेको छ ।

काउटिन्होका लागि बार्सिलोनाको यो तेस्रो प्रस्ताव थियो । तर, ११४ मिलियन पाउण्डको यो प्रस्ताव पनि अस्वीकृत भएको बीबीसीले जनाएको छ ।

अघिल्लो साता लिभरपुलले बार्सिलोनाको ९० मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गरेको छ । काउटिन्हो भने बार्सिलोना जान तयार देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment