Comments Add Comment

यथास्थितिमा चिकित्सा शिक्षा विधेयक अघि नबढाउन डा. केसीको चेतावनी

३ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक अघि नबढाउन चेतावनी दिएका छन् । जालझेलपूर्वक अहिलेकै अवस्थामा विधेयक पारित गर्ने प्रयास गरे सत्याग्रहसहित विरोधका कार्यक्रम शुरु गर्ने डा. केसीको चेतावनी छ ।

२३ दिनलामो अनसन स्थगितपछि शिक्षण अस्पतालमा उपचाररत डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पास गरेको विधेयक ‘माफियामुखी संस्करण’ भएको बताएका छन् ।

यो विधेयक कुनै पनि वेला संसदमा पेश गरेर पारित गर्ने प्रयास भइरहेको आफूले थाहा पाएको भन्दै डा. केसीले भनेका छन्, ‘माथेमा प्रतिवेदनका साथै हामीले दिएका सुझावहरु नसमेटिएसम्म ऐन कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

राजनीतिक दल र नेताहरुले माथेमा प्रतिवेदन र आफूहरुको सझाव नसमेटी विधेयक पारित नगर्ने बाचा गरेको भन्दै केसीले भनेका छन्, अहिलेको अवस्थामा कुनै पनि हालतमा विधेयक अघि नबढाउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment