Comments Add Comment

राहत लिए रौतहट आए धुर्मुस सुन्तली

३ भदौ, रौतहट । धुर्मस सुन्तली फाउण्डेशनले रौतहट गौरको महादेवपट्टी र मध्य बजार गरुडाका बाढी पीडित दलित तथा गरिब परिवारलाई राहत वितरण गरेको छ ।

कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले महादेवपट्टी का १५० जनालाई खाद्यान्न तथा घरायसी सामानहरु सहयोग गरेका छन् भने मध्य बजार गरुडामा पनि २०० परिवारजनलाई राहत प्रदान गरिएको छ ।

‘बाढीले रौतहटको जनजीवन नराम्ररी प्रभावित बनाएको रहेछ’ रहत वितरणपछि कलाकार धुर्मसले भने, ‘बाढीको पानीको जलस्तर निकै उच्च रहेको प्रमाणहरु देखेका छौं । लाखौं परिवार प्रभावित भएको देख्दा दुःख लागेको छ ।’

साउन ३० गते आएको विनाशकारी बाढीबाट रौतहटको ८० प्रतिशत भूभाग जलमग्न भएको थियो । मानवीय एवं भौतिक क्षतिबाट आहत भएका जनताको पीडामा मलम लगाउन आफहरु रौतहट आएको कलाकार सुन्तलीले बताइन् ।

धुर्मस सुन्तलीले बाढी तथा डुवान पीडितहरुको पुनस्र्थापनाका लागि पहल गर्नु पर्नेमाजोड दिएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनसँगै मारवाडी सेवा समिति, संस्कृती विरगञ्ज, उपत्यका तयारी कपडा व्यवसायी संघ लगायत करिव एक दर्जन भन्दा बढि समाजिक संघ संस्थाहरुले बाढी प्रभावित बस्तीहरुमा गएर राहत वितरण गरेका छन् । उनीहरुले खाद्यान्न, लत्ताकपडा, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरेका हुन ।

यसैगरी मुडबलवा, लक्ष्मिपुर बेलविछवा, भेडियाही, फतुहा महेशपुर, देवाही, अजगैवी, बडहर्वा, लगायतका क्षेत्रहरुमा विभिन्न संघसंस्थाहरुले राहत वितरण गरेको जिल्ला समन्व समितिका प्रमखु उमेश बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment