Comments Add Comment

ट्याक्सीबाट ठगिएका सांसदको पीडा – हामी त निरीह छौं, अरुको के होला ?

६ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद् रामअयोधी यादवलाई ट्याक्सी चालकले सोध्यो – कहाँ से आया ?’ उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए – बिहार से आया हुँ, मिलन चोक जाना है ?’

धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे ।

चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डल हुँदै बानेश्वरभित्रको मिलनचोक पुर्यायो । सांसद् यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । ‘ए भाइ, म बिहारी होइन । नेपाली सांसद् हुँ । ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नु परेको सबै तिरौंला, उनले नेपालीमा भने । चालक अबचाहिँ डरायो र भन्यो – होइन हजुर, अब त्यसो नगरौं । ३ सय दिए पुग्छ ।

सांसद् यादवले यस्तो व्यथा संसद् विकास समितिको बैठकमा सोमबार सुनाएका हुन् । उनीजस्तै अन्य सांसदहरुले पनि ट्याक्सीबाट ठगिएको पीडा सुनाए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment