Comments Add Comment

१ करोड बढीको सेयर कर्जा लिनेले झिके २४ अर्ब, ठूला ऋणी प्राथमिकतामा


८ भदौं, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेयरको धितोमा कर्जा लिनेमा ठूला ऋणीले प्राथमिकता पाउने गरेको आरोप पटक-पटक लाग्ने गरेको छ ।

बैंकले पनि ‘प्रिमियम’ ग्राहकको तुलनामा साधारण ग्राहकलाई कर्जामा ४ देखि ५ प्रतिशत बढि व्याजदर लिने गरेका छन् । यही विभेद सेयर कर्जामा पनि रहेको छ ।

सम्भवतः यही कारण बैंकहरुबाट ठूला ऋणीलाई नै बढी सेयर कर्जा गएको देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार प्रतिव्यक्ति १ करोड बढी रुपैयाँ कर्जा लिनेले २४ अर्ब ७२ करोड रुपैयाँ कर्जा लिएका छन् । यो सेयर धितोमा गएको कुल कर्जा ४० अर्ब ४७ करोड रुपैयाँको ६१ करोड हो ।

अघिल्लो आवको तुलनामा भने बैंक तथा वित्तीय संस्थाले गत आव २०७३/७४ मा सेयर धितोमा ७.४८ प्रतिशतले बढी कर्जा जारी गरेका हुन् । अघिल्लो आवमा ३६ अर्ब ६५ करोड रुपैयाँको कर्जा सेयरको धितोमा जारी गरिएको थियो ।

५० लाख देखि १ करोड रुपैयाँ सम्म कर्जा लिने ऋणीहरुले ६ अर्ब २३ करोड रुपैयाँको कर्जा लिने गरेका छन् । यसरी गएको कर्जा कुल सेयर कर्जाको १५ प्रतिशत हो ।

त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँ सम्म कर्जा लिनेले भने ४ अर्ब ४१ करोड रुपैयाँको मात्र कर्जा लिएका छन् । यो कुल सेयर कर्जाको १० प्रतिशत मात्र हो । २५ लाखभन्दा कम रकमको कर्जा लिनेहरुले ५ अर्ब १० करोड कर्जा लिएका छन् । यो कुल सेयर कर्जाको १२ प्रतिशत हो ।

नेपालमा सेयर धितोमा लिइने कर्जालाई नै मार्जिन कर्जा भनिने चलन छ । जबकी सेयर धितोमा लिएको कर्जा सेयर खरिदबाहेक अन्य कामको लागि पनि प्रयोग गर्न पाइन्छ । मार्जिन कर्जाबाट लिएको कर्जा सेयरमा नै लगानी गर्नुपर्छ ।

नेपालमा भने सेयर धितोमा लिइने कर्जाको बढि प्रयोग सेयरमा लगानी गर्ने प्रयोजनको लागि लिइने चलन छ । मार्जिन कर्जामा भने खरिद गर्न चाहेको सेयर नै धितोको रुपमा रहन्छ भने खरिद लागतको ५० प्रतिशतसम्म रकम आफुले हाल्नु पर्ने हुन्छ ।

अन्य देशहरुमा मार्जिन कर्जाको सुविधा ब्रोकर कम्पनीहरुले दिने भएपनि नेपालमा भने हालसम्म यस्तो सुविधा लगानीकर्ताले पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment