Comments Add Comment

चिकित्सक संघको चेतावनीः ७२ घण्टाभित्र निर्णय फिर्ता नभए स्वास्थ्य संस्था ठप्प पार्ने

२ असोज, काठमाडाैं । अस्पतालमा कार्यरत चिकित्सकका लागि सोमबार बसेको मन्त्रिपरिषद बैठकले कडा निर्णय गरेपछि नेपाल चिकित्सक संघले आक्रोश व्यक्त गरेको छ ।

कसैको उपचारमा लापरवाही भएमा सो वापत सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी सरकारले कानून निर्माण गर्ने निर्णय गरेपछि चिकित्सक संघले विज्ञप्ति निकाली आक्रोश व्यक्त गरेको हो ।

यो पनि पढ्नुहोस्- अप्रेसन गर्ने डाक्टरको घाँटीमा घण्टी ?

संघले विज्ञप्ति निकाली मन्त्रिपरिषद्को निर्णय ७२ घण्टामा फिर्ता नभए देशभरका स्वास्थ्य संस्थाहरु बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

संघका महासचिव लोचन कार्कीले विज्ञप्ति गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्इ सँस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उपचारको क्रममा लापरवाही भई बिरामीको मृत्यु भएको खण्डमा वैज्ञानिक अनुसन्धानबाट लापरवाही गरिएको ठहरिएमा उक्त ऐनमा उल्लेखित समन्वय समितिले क्षतिपूर्ति भराइदिने कुरा स्पष्ट हुँदाहुँदै त्यसको व्यवास्था गर्दै चिकित्सकको मान मर्दन हुने गरी मन्त्रिपरिषद्को निर्णयआएको उल्लेख गरेका छन् ।

कुनै पनि चिकित्सकले कुनै बिरामीको शल्यक्रिया गर्दा केही भएमा कुनै प्रकारको दाबी गर्ने छैन भनेर बिरामीमा आफन्तसँग कागज गराउने अन्तर्राष्ट्रिय प्रचलन छ । तर, अब सरकारले विरामीको उपचारमा लापरवाही गरेरमा सम्बन्धित डाक्टरबाट खर्च भराउने नयाँ व्यवस्था हुन लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment