+
+
Shares

नेपाल इन्स्योरेन्सको प्रिमियम ७० करोड

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ११ गते ४:५३

nepal insurance

११ भदौ, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०६९/७० मा ७० करोड बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा ५३ करोड ९१ लाख रुपैयाँ पि्रमियम संकलन गरेकोमा गत आवमा ३० प्रतिशतको वृद्धि हासिल गरेको हो । यो नेपाल बैंक लिमिटेडको प्रवर्द्धनमा सञ्चालित बीमा कम्पनी हो ।

कम्पनीले गत आवमा ५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आवमा कम्पनीले ४ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो । १३ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ पुगेको छ । जगेडा कोष १३ करोड २९ लाख रुपैयाँ रहेकोले कम्पनीको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?