Comments Add Comment

सुनको मूल्य ६३ हजार ३ सय पुग्यो

१२ भदौ, काठमाडौं ।  सुनको मूल्य बुधबार तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य रेकर्ड हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिएपछि स्थानीय बजारमा एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको goldछ ।

गत माघमा सुनको भाउ ६२ हजारमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । ६२ हजार रूपैयाँमा कारोबार भएको सुन त्यसपछि बिस्तारै घटेर ४८ हजारको हाराहारीमा पुगेको थियो । पछिल्लो समय सुनको भाउमा निकै उतार चढाव आएको थियो । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेर ५९ हजार ९ सयमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ बढेर १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने साढे २ वर्ष अगाडी साढे १३ सय रूपैयाँमा कारोबार भएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो ।

‘सुनको भाउ अप्रत्यासित रुपमा बढेपछि सुनचाँदी व्यवसायीहरुलाई भाग्नुपर्ने अवस्था आएको छ’ महासंघ अध्यक्ष शाक्यले भन्नुभयो- ‘ग्राहकहरुबाट लिएको पुरानो अर्डर अब दिन सक्ने अवस्था रहेन् ।’ पहिला लिएको गहनाको अर्डर सुनको भाउ बढेपनि अर्डर लिँदाकै अवस्थाको भाउमा दिनुपर्ने हुँदा ब्यवसायीहरुको घरखेत जाने अवस्था आएको उहाँको गुनासो छ ।
सुनको भाउ बढेपछि गरगहनामा मिसावट बढ्न सक्ने शाक्यको भनाई छ । ‘जायज व्यापार गर्नेहरु टाट पल्टिन्छन्, ठगी गर्ने व्यापारीहरुले गहनामा मिसावट गर्छन्’ उहाँले भन्नुभयो- ‘मेरै कुरा गर्ने हो भने भाग्नुपर्ने अवस्था आइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment