Comments Add Comment

च्यानबारामा नेपाल उपविजेता

१४ भदौ, काठमाडौं । भारतको हैदराबादमा भएको सातौं एसियाली-ओसिएनिया च्यानबारा च्याम्पियनसिपमा नेपाल टिम उपविजेत बनेको छ । नेपालले १४ स्वर्ण, ७ रजत र ७ कांस्य जितेको स्पोर्ट्स च्यानबारा संघ नेपालका अध्यक्ष देवकुमार लामाले जनाएका छन् । जापान टिम प्रथम भयो भने इन्डोनेसिया तेश्रो स्थानमा रह्यो ।

कृषला घिसिङले ४, रितेश गुरुङले ३, विकेल अधिकारी र रुपा विकले २-२ तथा करण नेपाल, भीमसेन रावल र प्रतिमा कार्कीले एक-एक स्वर्ण जिते । अभिषेक चौधरीले २ तथा करणा नेपाल, सुशील थापा मगर, केशवराज अधिकारी, रामकुमार लामा र देवराज थापाले एक-एक रजत हात पारे । त्यस्तै अभिषेक चौधरीले २ तथा कृषला घिसिङ, विकेल अधिकारी, प्रदीप थापा, सुशील थापा मगर र संगीता मगरले एक-एक कांस्य जिते ।

अगष्ट २३ देखि २५ तारिखसम्म भएको उक्त प्रतियोगितामा नेपालसहित १३ राष्ट्रको सहभागिता रहेको संघले जनाएको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो सहभागिता हो । पाँचौंमा नेपाल टिम च्याम्पियन बनेको थियो । छैटौंमा नेपालले ३ स्वर्णसहित १२ पदक जितेको थियो ।

च्यानबारामा नेपालले विश्व च्याम्पियनसिपमा समेत तीनपटक सहभागिता जनाइसकेको छ । सबैमा मिलाएर नेपालले ११ स्वर्णसहित २६ पदक जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment