Comments Add Comment

‘सेभेन स्टार’ बन्यो चितवनमा पहिलो तारे होटल

नविन अर्याल

१६ भदौ, काठमाडौं । नेपालको तेश्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा ‘सेभेन स्टार’ नामक दुई तारे होटल संचालनमा आएको छ । उक्त होटल चितवन जिल्लामा पहिलो तोरे होटल बन्न सफल भएको छ । यसभन्दा अगाडी चितवनमा तारे होटलको दर्जा पाएका अन्य होटलहरु थिएनन् । सेभन स्टारको आइतबार होटल एसोसियसन नेपाल (हान) का केन्द्रीय अध्यक्ष श्यामसुन्दरलाल कक्षपतीले एक समारोहबीच समुद्घाटन गर्नुभयो ।

१६ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको होटल साढे २ विगाहा जमिनमा फैलिएको होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले बताउनुभयो । होटलमा एट्याच बाथरुम सहितका ४८ वटा कोठाहरु रहेका छन् । सबै कोठामा एसीको व्यवस्था गरिएको छ । होटलमा ४ वटा ज्याकुजी सुविधासहितका स्वीट ब्लक रहेका छन् । हनिमुन मनाउन आउने ग्राहकहरुलाई लक्षित गरि बनाइएका स्वीट ब्लकमा सम्पूर्ण सुविधासहितका एउटा–एउटा बेडरुम रहेका छन् । स्वीट रुम प्रयोग गर्दा एक रातको १० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

seven-star

अन्य रुमहरुको बेड हेरिकन ४ हजार रुपैयाँदेख ७ हजार रुपैयाँसम्म पर्ने प्रबन्ध निर्देशक दुवाडीले जानकारी दिनुभयो । होटल परिसरमा बेडरुम र अफिसियल रुमका गरि २५ वटा ब्लक रहेका छन् । अपार्टमेन्टमा बस्नेहरुलाई ब्लकमा बस्दा आफ्नो घरमा बसेको जस्तो अनुभुती हुने विश्वास लिइएको छ । होटलले ओपनिङ सेरमोनीको अवसर पारेर ३ महिनासम्मको लागी सबै प्रकारका रुमहरुमा २५ प्रतिशत छुट दिने बताएको छ ।

होटलमा स्वीमिङ पुल, मिनी क्यासिनो, ६ सय जना अट्ने सेमिनार हल, सुविधा सम्पन्न बेडरुम लगाएत रहेको होटलका सञ्चालक डा. नुरदेव प्रसाद कँडेलले बताउनुभयो । सौरहाका अन्य होटलले दिने सबै सेवाहरु यस होटलले पनि दिने बताएको छ । सेवा र सुविधामा सम्झौता नगर्ने बताउँदै प्रबन्ध निर्देशक दुवाडीले भन्नुभयो– ‘हामी सेवा र क्वालीटीमा अरुभन्दा अब्बल हनेछौं ।’ होटलमा इन्डियन, चाइनिज, कन्टिनेन्टल लगाएतका खानेकुराहरु उपलब्ध हुनेछ ।

seven star 6होटल उद्घाटन गर्दै हानका अध्यक्ष कक्षपतीले चितवन राष्ट्रिय निकुञ्जका बन्यजन्तुमा आश्रित रहेको सौराहाको पर्यटनलाई जोगाउन सर्वप्रथम बन्यजन्तुको संरक्षणमा लाग्न स्थानिय व्यवसायीहरुलाई आग्रह गर्नुभयो । आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन व्यवसायीहरुलाई आग्रह गर्दै उहाँले सौराहामा होटल संख्या बढ्नु समग्र चितवनका लागि उत्साहको कुरा भएको दाबि गर्नुभयो । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले बन्यजन्तुको संरक्षणमा जोड दिएका थिए ।

पछिल्लो समय सौराहामा होटलहरुको संख्या बढ्दो छ । नजिकिँदै गरेको पर्यटकीय सिजनलाई लक्षित गर्दै व्यवसायीहरुले आफ्ना होटलहरुको विस्तार गरिरहेका छन् । असोज महिनाको शुरुवातसँगै पर्यटकीय सिजनको पनि शुरुवात हुन्छ ।

seven star 4

seven star 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment