Comments Add Comment

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डसहित ४ विरुद्ध भ्रष्टाचारको मुद्दा

१६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्ड र अस्पताल विकास समितिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्ड डा. अखिलेश प्रसाद सिंह, अस्पताल विकास समितिका अध्यक्ष बाबुलाल प्रसाद यादव, विकास समिति सदस्यद्वय रेखा घिमिरे र राधेश्याम साह सोनारविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरुले विकास समितिको निर्णय पुस्तिका सच्याई रकम लिएर विभिन्न पदमा २४ कर्मचारी नियुक्त गरी तलब भत्ता खुवाएको पाइएको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध सार्जजनिक संस्थाको कागजात गैर कानूनी तवरले केरमेट गरी सच्याएको तथा गैरकानूनी तवरबाट कर्मचारी नियुक्त गरी तलब भत्ता वितरण गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन अनुसार २ लाख १ हजार १ सय १५ विगोस मागदावीसहित मुद्दा दायर गरिएको हो ।

यसैगरी डा. अखिलेश प्रसाद सिंह जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा कार्यरत रहँदा पनि अनियमित तवरबाट विभिन्न ८३ जना कर्मचारी नियुक्त गरेको पाइएकादे शाखा अधिकृत जवाहरलाल प्रसाद यादवलाई विभागीय कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिउको छ साथै न्य अनियमित उजुरी उपर ३ महिनाभित्र छानबिन तथा कारबाही गरी जानकारी दिन भनिएको अख्तियारले जनाएको छ ।

यस्तै डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख वीरेन्द्र महासेठसहित ६ जनाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । महासेठसँगै नायव सुब्बा रघुनाथ सुवेदी, लेखापाल विष्णुप्रसाद पौडेल, खरिदार राजकुमार कटुवाल, आकाशवाणी अपरेटर खगेश्वर ढकाल र द्वितीय श्रेणीका मेकानिक रामकरण महतो विरुद्ध मुद्दा दायर भएको हो ।

धादिङको मझिमटार र धार्केमा खडा गरिएको सडक उपभोग दस्तुर संकलनका लागि खटिएका उनीहरुले सडक दस्तुर संकलनको क्रममा सवारी साधनहरुबाट उठाएको राजस्व रकम बैंक दाखिला नगरी राजस्व हिनामिना गरेको पाइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment