Comments Add Comment

अधिकारी दम्पतीको जीवन रक्षा गर्न सर्वोच्चमा रिट

१६ भदौ, काठमाडौं । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गराई पाउन आमरण अनशनमा बसेका अधिकारी दम्पतीको जीवन रक्षाका लागि आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ता रामराज शिवाकोटीले दायर गरेको निवेदनमा लामो सयमदेखि आमरण अनशनमा बसेका मृतकका बाबु नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था दिनदिनै बिग्रंदै गएकाले जीवन रक्षार्थ सकारात्मक हस्तक्षेप गरी पौष्टिक तथा सन्तुलित भोजन गराउन माग गरिएको छ ।

वीर अस्पतालले अधिकारी दम्पतीको अवस्था नाजुक भइसकेको प्रतिवेदन दिँदा पनि सरकार, सरकारी निकाय र संवैधानिक निकायले कर्त्तव्य पन्छाउने मात्र कार्य गरेकाले नागरिकले बाँच्न पाउने संवैधानिक अधिकारबाट वञ्चित हुने अवस्था आएको सो निवेदनमा उल्लिखित छ ।

राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएर चुप बस्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयले आफ्नो काम भनेको निर्देशन दिने मात्रै हो भन्ने सम्भिmने तर त्यसको कार्यान्वयनतर्फ चासो नदिँदा नागरिकको संवैधानिक तथा कानुनी अधिकार संरक्षण भएको छ भन्ने अवस्था नरहने उल्लेख पनि सो निवेदनमा गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment