Comments Add Comment

प्रहरीले प्रहरी चौकी आक्रमण गरे, चारजना पक्राउ

१६ भदौ, उदयपुर । उदयपुरको साउने गाविसस्थित साउने अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने चार जना पक्राउ परेका छन् । दुई जना फरार छन् । पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका-१ का वर्ष २१ का दीपक राई, त्रिनपा-२ का वर्ष २१ कै सन्दीप राई, वर्ष १६ का सरोज खड्का र वर्ष २३ का सञ्जिव खतिवडा रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति करिब साढे सात बजे गाईघाटदेखि मोटरसाइकलमा दीपक राईको नेतृत्वमा साउने गएको टोलीले अस्थायी प्रहरी चौकीमा पुगेर चौकीमा रहेका दुई प्रहरीमाथि हातपात र चौकी आक्रमण गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अस्थायी प्रहरी चौकीमा नौजना प्रहरी रहेको भएपनि राति दुई जना मात्र थिए । तीन प्रहरी आँपटार गाउँ क्षेत्रतर्फ झगडा मिलाउन गएका र चार प्रहरी साउने बजारमा गस्ती गरिरहेको बेला आक्रमणको प्रयास भएको थियो ।

पक्राउ गरिएका चार जनालाई म्याद थप गरेर सार्वजनिक मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकामध्ये सन्दीप राई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी भएको पुष्टि भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment