Comments Add Comment

सबा दुई लाख चिठी बाँड्ने हुलाकी दाइ

२० भदौ, उदयपुर । एउटा हुलाकीले जागिर सुरु गरेदेखि अवकाश हुँदासम्म कति चिठीपत्र बाँड्ला ? सामान्यतया कुनै हुलाकीले यस्तो रेकर्ड राख्दैन । तर जिल्ला हुलाक कार्यालय उदयपुरबाट भर्खरै अवकाश पाएका हुलाकी हीरालाल ठाकुरले जागिरे जीवनमा दुई लाख २५ हजार तीन सय ७२ वटा चिठीपत्र बाँडेका रहेछन् ।

‘मैले सुरुदेखि नै चिठीपत्र बाँडेको सबैको रेकर्ड राखेको छु,’ हीरालालले भने, ‘अवकाश पाउने दिनसम्म बाँडेका सबैको चिठीको रेकर्ड राखेको छु । चिठी पाउनेको नाम ठेगाना र मितिसमेत मसँग छ ।’

हीरालालले यस्तो रेकर्ड आफूले मात्र राखेको दाबी गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । ‘मुलुकमा मात्र हैन यस्तो रेकर्ड राख्ने अन्तर्राष्ट्रिय जगतमा पनि नहुन सक्छ,’ उनले भने, ‘मेरो रेकर्ड कतै गिनिज बुकमा ना लेखाउन सक्छु कि ?’ धेरै साथीभाइले गिनिज बुकमा नाम लेखाउन सल्लाह दिने गरेको पनि उनले सुनाए ।

कार्यालय सहायक पदमा २०४६ चैत २४ गते नियुक्ति भएका उनी हल्कारा हुँदै ५८ वर्षको उमेर हदका कारण एक साताअघि अवकाश भएका हुन् । २४ वर्ष चार महिना १४ दिन सरकारी सेवामा रहेर अवकाश पाएका उनले २०५३ साउन १५ गते हुलाकीमा बढुवाभएपछि चिठीपत्र बाँड्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment