२० भदौ, काठमाण्डौं । आज मानव बेचबिखनविरुद्धको सातौं राष्ट्रिय दिवस । ‘हाम्रो गन्तव्यः मानव बेचबिखनको अन्त्य’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।
सार्कको ११ आंै सम्मेलनवाट पारित वेश्याबृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी २००२ लाई दोश्रो जनआन्दोलनवाट पुनः स्थापित संसदले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो ।
सोही दिनको सम्झनामा २०६४ साल जेठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रत्येक बर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।
मानव बेचविखन विरुद्ध काम गर्दै आएका गैह्र सरकारी संस्था तथा महिला तथा बालबालीका मन्त्रालयको मूल समारोह समितिको आयोजनामा आज विभिन्न कार्यक्रम हुँदै । दिवसकै अवसरमा आज विहान र्यालीसमेत निकालिएको छ ।
राष्ट्रिय सभागृह बाट सुरु भएको र्याली पुतलीसडक हुँदै सभागृहमै सभामा परिणत भएको थियो ।
प्रतिक्रिया 4