Comments Add Comment

एनआरएन यूएईको उम्मेद्वारी दर्ता समय सकियो

उत्तम अधिकारी

अवुधावी । एनआरएनए यूएईको निर्वाचनका लागि उम्मेद्वारी दर्ताको अन्तिम समयसम्ममा अध्यक्षमा २ र महासचिवमा ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।  निर्वाचन समितिले तोकेको अन्तिम म्याद  शुक्रबार साँझ ७ बजेसम्मको समयसिमा भित्रमा वर्तमान उपाध्यक्ष कृष्ण प्रसाद भुसाल र महासचिव सन्तोष प्रसाईंले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । भुसालले दर्ता खुलेको पहिलो दिनमै र प्रसाईंले अन्तिम दिन उम्मेद्वारी दिएका हुन् । प्रसाईंले उम्मेद्वारी दर्ता गर्ने क्रममा दुबै प्रतिस्पर्धी संगै थिए भने उनीहरु एक आपसमा प्रतिस्पर्धी नभई सहयात्रीको रुपमा प्रस्तुत भएको देखिन्थ्यो । आइसीसी सदस्यमा कसैको पनि उम्मेद्वारी नपर्नु र अध्यक्षमा वर्तमान समितिका उपाध्यक्ष र महासचिवले प्रतिस्पर्धा गर्नुको पछाडी दुई मध्ये १ जना आइसीसी सदस्यमा जाने आपसी सहमति भईसकेको हुनसक्ने धेरैको अनुमान रहेको छ । अधिवेशन १३ सेप्टेम्बरमा हुनेछ ।

संघका अर्का उपाध्यक्ष बिकास अधिकारीले पुन: सोहि पदमा उम्मेद्वारी दर्ता गराएका छन् भने कोषाध्यक्ष कपिल खड्का र सुदिप गिरी समेत सोहि पदका लागि प्रतिस्पर्धामा उत्रेका छन् । बिधानत: २ जना उपाध्यक्ष रहने प्रावधान रहेको छ । त्यसैगरी महासचिव पदमा वर्तमान सचिव गोपाल कंडेल, लेखनाथ न्यौपाने र रबिरमण अधिकारी बीच प्रतिस्पर्धा हुने भएको छ ।त्यसैगरी सचिवमा पुष्प बहादुर कार्की र गोपाल शर्माको उम्मेद्वारी परेको छ । कोषाध्यक्षमा भने दधिराम पाठक एक जनाको मात्र उम्मेद्वारी परेकोले उनि निर्बिरोध चयन भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको नियमावलीमा निर्बिरोध निर्वाचित भएकालाई हटाउन नपाइने उल्लेख गरिएको छ । रुन्चे गायकको रुपमा चर्चा कमाएका प्रकाश पौडेलले युवा संजाल प्रतिनिधिमा आफुलाई उभ्याएका छन् भने पुरुषोत्तम सुबेदीले समेत सोहि पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।

संघको केन्द्रीय सदस्य पदमा हरिशरण केसी, रामकुमार ढुंगेल, ऋसिराम बस्याल, मोहमद नोमन सिद्दिकी, शंकर प्रसाद न्यौपाने र राजुराज फुयाल निर्बिरोध चयन भएका छन् । १३ जना केन्द्रीय सदस्य पदको लागि आव्हान गरिएकोमा ६ जनाको मात्रै उम्मेद्वारी परेकोले उनीहरु निर्बिरोध भएका हुन् ।निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार ९, १० र ११ सेप्टेम्बर उम्मेद्वारी फिर्ता तथा सहमति, १२ सेप्टेम्बरमा उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन र महाधिबेसनको दिन निर्वाचन हुनेछ । सहमति हुन नसकेका पदहरुमा संघका सातवटा क्षेत्रीय समितिबाट १० बराबर १ को अनुपातमा चुनिएका र सदस्यता नवीकरण गरेका वर्तमान केन्द्रीय समिति तथा सल्लाहकारहरु सम्मिलित महाधिबेसन प्रतिनिधिहरुको मतदान मार्फत निर्वाचन सम्पन्न गरिने निर्वाचन समितिले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment