निश्चल काउचा
सउल । नेपाली साहित्य समाज दक्षिण कोरियाको अध्यक्षमा प्रविण रार्इ चयन भएका छन् । सुवनस्थित होटेल स्यम्भुमा बसेको बैठकले नेपाली साहित्य समाज दक्षिण कोरियाको बिधान पारित गर्नुका नयाँ कार्यसमितिको पनि चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा अनिल शर्मा सुबेदी र कल्पना राई, सचिबमा झबिन्द्र बेल्बासे, सहसचिबमा सुबास सापकोटा र कोषाध्यक्षमा निश्चल काउचा चयन भएका छन्।
यसैगरी सदस्यहरुमा हरिसरण न्यौपाने, युबराज दाहाल, कोपिला राई, सुबास भुजेल, डी आर भुजेल र जिबन पौडेल रहेका छन् । समितिको सल्लाहकारहरुमा प्रगति राई , दिनेश राई, डम्बर सुब्बा, रघु त्रिपाठी, र रुद्र शर्मालाइ चयन गरिएको छ । यसैवीच बिदेशमा बसेर पनि नेपाली भाषा,साहित्यको उत्थानको नीम्ति गठित नेपाली साहित्य समाज दक्षिण कोरियाले स्थापनाको एक वर्ष पुगेको अवसर पारेर वार्षिक उत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि आउँदो सेप्टेम्बर १८ तारिख कोरियनहरूको चाड चुसकको पहिलो दिन नेपालीहरुको साझा घर नेपाल हाउसमा दिनको ठिक २ बजे देखि कार्यक्रम हुन गईरहेको हुँदा कोरिया रहेका सम्पुर्ण साहित्यप्रेमीहरूलाई उपस्थिती लागि अनुरोध गरेको छ ।
डायोस्पोरामा बसेर यस्ता किसिमका कार्यक्रम आयोजनाले नेपाली भाषा र साहित्यको नीम्ति सेतुको काम गर्ने यस समितिकी सल्लाहकार प्रगति राई बताउँछिन । राईको भर्खरै ”लेखककी स्वास्नी ” नामक उपन्यास बजार आएको छ । यसरी नै आगामी दिनहरुमा पनि अझै नेपाली भाषा , साहित्यको नीम्ति सशक्त रुपमा लागि पर्ने यस संस्थाका अध्यक्ष प्रबिण राईले बताए ।
प्रतिक्रिया 4