२३ भदौ, काठमाडौं । घरेलु मैदानमा अफगानिस्तानसंग एक सुन्य गोलअन्तरले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । योसंगै घरेलु टोली नेपालको फाइनलमा पुगेर च्याम्पियन बन्ने सपना चकनाचुर भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसंग १-० गोल अन्तरले पराजित भएको हो । खेलको सुरुवाती १० औं मिनेटमा नेपाली गोलरक्षक किरण चेम्जोङको गम्भीर गल्तीको फाइदा उठाउँदै अफगानिस्तानका सन्जेर अहमदीले गोल गरेका हुन् ।खेलको पहिलो १० मिनेटमा गोल खाएको नेपालले अन्त्यतिर पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । डिफेण्डिर रोहित चन्दको प्रहार अफगान गोलरक्षक मन्सुरले रोकेका थिए ।
यसअघि सन् २०११ मा भारतमा भएको सातौँ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पनि अफगानिस्तानसँगै समान एक सुन्य गोल अन्तरले पराजित भएको थियो ।
प्रतिक्रिया 4