+
+
Shares

निर्वाचनमा संलग्न कर्मचारीको १५ लाखको बिमा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १९:०२

२४ भदौ, काठमाडौं । निर्वाचन आयोगले संविधानसभा निर्वाचनको प्रक्रियामा संलग्न रहने आयोगका पदाधिकारी तथा अन्य कर्मचारीका लागि १५ लाखको बिमाको व्यवस्था गरेको छ ।

आयोगको सचिवालय र अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारी, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र कार्यालयहरुमा खटिने कर्मचारी, मतदाता शिक्षा कार्यक्रममा खटिने निर्वाचन शिक्षा कार्यकर्ता एवम् स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी र स्वयंसेवक, मतगणना कार्यमा खटिने कर्मचारीलगायत निर्वाचनको कार्यमा संलग्न हुनेहरुका लागि बिमाको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

करिब दुई लाख ५० हजार जनशक्तिको उनीहरु खटिने अवधिअनुसार हुने गरी दुर्घटना तथा बाहृय आक्रमणबाट हुने क्षतिको लागि बिमा गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?