Comments Add Comment

एसएलसी पूरक परीक्षामा अनुतिर्ण भएपछि आत्महत्या

अर्जुन लामिछाने

२५ भदौ, बागलुङ । एसएलसी पूरक परीक्षामा अनुतिर्ण भएपछि गलकोटकी एक छात्राले आत्महत्या गरेकी छिन् ।

गलकोट उच्च माविबाट एसएलसी परीक्षा दिएकी हटिया गाविस ४ स्याँहाल बस्ने २० वर्षकी मञ्जू पन्तले सोमबार साँझ आत्महत्या गरेकी हुन् ।

गत चैतमा सम्पन्न एसएलसी परीक्षामा पन्त गणित र बिज्ञान बिषयमा अनुतिर्ण भएकीले पुरक परीक्षा दिएकी हुन् । उनले आफ्नै कोठामा सलको पासो लाएर झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भत्तपुरले सोमबार सार्वजनिक गरेको एसएलसी पूरक परीक्षाको नतिजा अनुसार ५९ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् । १ हजार ५ सय ३० विद्यार्थी मध्ये बागलुङबाट ८ सय ९८ जना बिद्यार्थी पास भएका हुन् । राष्ट्रिय नतिजा अनुसार कुल परीक्षार्थर्ीको ६० प्रतिशत अर्थात ६७ हजार ५१ जना पास भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment