Comments Add Comment

फत्तेमानलार्इ सम्मान दिन सरकारको कन्ज्युस्याइँ

२५ भदौ, काठमाडौं । वरिष्ठ गायक फत्तेमान राजभण्डारी ओम अस्पतालको शैयामा मृत्युसँग जुधिरहँदा सरकारले उपचार खर्च दिन कन्जुस्याइँ गर्‍यो । अस्पतालमै पुगेका संस्कृतिमन्त्री रामकुमार श्रेष्ठलाई आफन्त र कलाकारले आर्थिक सहायतका लागि निवेदन नदिएका पनि होइनन् । तर, मन्त्रीले सहयोग गुर्नको सट्टा रोग के हो भन्दै अस्पतालको सम्पूर्ण रिपोर्टसहित सर्टिफिकेट खोज्नतिर लागे ।

क्यान्सरका कारण फत्तेमानको मंगलबार ७७ वर्षको उमेरमा निधन भएको छ । फत्तेमानप्रति अन्तिम श्रद्धान्जली दिन पशुपति क्षेत्रमा पुगेका मन्त्री श्रेष्ठले भन्नुभो, मैले त तीजको दिनमात्रै पो थाहा पाएँ । तपाईहरुले सहयोगका लागि निवेदन त दिनुभयो, तर सहयोगका लागि त यो रोग लागेको हो भनेर अस्पतालको सर्टिफिकेट चाहियो नि ।’

समयमै उपचार गर्न पाएको भए अझै केही दिन फत्तेमान हामीसँग रहनुहुने थियो भन्ने सबैको मुखमा थियो । तर, मन्त्री श्रेष्ठ भने सरकारका तर्फबाट कुनै कमी कमजोरी भएको छैन भनिरहनुभएको थियो ।

fateeman

मन्त्री श्रेष्ठ पुगेको केहीबेरमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी पग्नु भो । फत्तेमानको पार्थिव शरीरमा श्रद्धान्जली दिएपछि उहाँले केहीबेर आफन्तसँग कुरा गर्नु भो । उहाँले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिनुभएन । रेग्मी निस्कँदै गर्दा कलाकार चेतन सापकोटा कोष स्थापना गर्नुपर्‍यो मन्त्रिपरिषद् अध्यक्ष ज्यू भन्दै हुनुहुन्थ्यो, रेग्मी सुनेको नसुनेझैं गरेर गाडीमा हुइँकिनुभयो ।

मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र मन्त्री श्रेष्ठ निस्किएपछि गाइँगुइँ सुनियो, आफन्तले राष्ट्रिय सम्मान दिन आग्रह गरेका थिए । तर, रेग्मीले म आइहालँे नि, यही हो राष्ट्रिय सम्मान भने खिलराज रेग्मीले ।

रेग्मीको रुखो जवाफसँगै कलाकार, स्रष्ठा र आफन्त निकै आक्रोशित थिए । एक चर्चित स्रष्ठाले भने- के भन्न सकेको होला, खिलराज नआएको भए पनि के हुन्थ्यो र ? फत्तेमानलाई माया गर्ने यति धेरै स्रोता छन् खिलराज आएर आएका हुन् र यिनीहरु ।

उसो त बिहानै पशुपति क्षेत्र पुगेका गीतकार समेत रहेका अर्थमन्त्री शंकर कोइरालाले पनि फत्तेमानको निधन नेपाली गीत संगीतका लागि अपूरणीय क्षती हो भनेर औपचारिकता निभाउने बाहेक केही गर्न सक्नुभएन ।

मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिँन, सान्ननीको गालैमा कालो कोठी रैछ, नजर नै तिरमिर गराउने जस्ता कालजयी गीत गाउने स्रष्ठा फत्तेमानलाई गुमाउनु परेको दुःखमा सबै शोकाकूल थिए ।

अस्वस्थताका बाजबुद फत्तेमानप्रति श्रद्धान्जली दिन पुगेका वरिष्ठ संगीतकार अम्बर गुरुङले फेत्तमानलाई नेपाली गीत संगीतको उज्वल तारा भएको बताउनुभयो । गुरुङको संगीतमा फत्तेमानले रातो चन्द्र सूर्य बोलको गीत गाउनुभएको थियो । अर्का संगीतकार शम्भुजित बास्कोटा समयमै उपचार भएको भए केही बढी सिक्न पाउने थियौं भन्दै हुनुहुन्थ्यो ।

विसं १९९३ मा पाशुपत क्षेत्रमा जन्मनुभएका फत्तेमानको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि आफन्त र स्थानीयको आग्रहमा उहाँ जन्मेको र खेले हुर्केको स्थानमा नै राखिएको थियो । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment