+
+
Shares

यस्तो रह्यो कोरियामा तीज (फोटोफिचर)

सउल । कोरियाको दुन्देमुन सहर नेपाली पहिरनमा सजिएका महिलाहरूले भरिभराउछ । रातो हरियो पहेला साडी चोलो र पोते लगाएतका गरगहनाहरुले सजिएका महिलाहरू टाढा टाढाबाट आइरहेको दृश्यले कोरियन लगायतका अन्य बिदेशीहरुलाई मनमोहक बनाएको सजिलै अनुमान गर्न सकन्थियो । मानौआजको दिन यो सहर नेपालीकोमात्र हो । यो दृश्य कोरियामा नेपाली महलिाहरुले मनाएको तीजको थियो।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २६ गते १२:१९

मीनप्रकाश उप्रेती

सउल । कोरियाको दुन्देमुन सहर नेपाली पहिरनमा सजिएका महिलाहरूले भरिभराउछ । रातो हरियो पहेला साडी चोलो र पोते लगाएतका गरगहनाहरुले सजिएका महिलाहरू टाढा टाढाबाट आइरहेको दृश्यले कोरियन लगायतका अन्य बिदेशीहरुलाई मनमोहक बनाएको सजिलै अनुमान गर्न सकन्थियो । मानौआजको दिन यो सहर नेपालीकोमात्र हो । यो दृश्य कोरियामा नेपाली महलिाहरुले मनाएको तीजको थियो।1

 आइतबार कोरियाको राजधानीमा महिलाका लागि महिला संस्थाद्वारा आयोजना गरिएको तिज कार्यक्रममा नेपालीहरूले भरपुर आनन्द लिदै कम्मर मर्काउदै नाचेका थिए । तुन्देमुन सहरको लुम्बिनी रेष्टुरेण्टमा भएको उक्त कार्यक्रममा नेपाली महिला तथा पुरुसहरुको बाक्लो उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा प्रमुख अतथिीको आशनबाट बोल्दै कोरियास्थित नेपाली दूतावासका राजदूत कमानसिंह लामाले शुभकामना दिदै बाँकी समय जातियताका बारेमा खर्चिएका थिए । यसैगरी अतिथिको रूपमा बोल्दै एन आर एन आई सिसि प्रतिनिधि केपि सिटैालाले नेपालीहरू संसारको जुनसुकै कुनामा कनि नहुन आफ्नो संस्कृति जोगाउनपछि नपर्ने बताए । अर्का अतिथ एन आर एन कोरियाका अध्यक्ष विनोद कुवरले प्रवासी भुममिा नेपाली महिलाले नेपाली संस्कृति जोगाउन देखाएको यो उपस्थितिले आफू उत्साहित भएको बताए ।2

नेपालीहरू सुखमा मात्रहोईन दुखमा पनि रमाउन सक्छन् भन्ने कुराको प्रमाण आजको कार्यक्रमले दिएको कुवरको भानाई थियो ।उता जनजाति माहास‌घ कोरियाका अध्यक्ष भक्त शेरचनले आफू हिन्दु नभए पनि देशका जुनसुकै धर्मका स‌ंस्कृतिमा रमाउन र जोगाउन लागि पर्ने बताए । संस्थाकी अध्यक्ष जुनु गुरुङले प्रवासमा नेपाली महिलाहरूको योगान कम नभएको प्रमाण आजको कार्यक्रमले दिएको बताईन । 3कार्यक्रमका अन्य अतथिीहरुमा कोरिया सन्देश क्लबका अध्यक्ष तथा पत्रकार मीन प्रकाश उप्रेति, झापामिलन समाजका उपाध्यक्ष सन्तोष श्रेष्ठ ,महिला नेतृ  ग‌ंगा थापा, भिजन नेपाल नेटवर्ककी अध्यक्ष आस्था मल्ल, योयोखा‌ कोरिया अध्यक्ष टिका राई ,पत्रकार महास‌ंघ कोरिया शाखाका सचिव विशाल गहतराज लगायतले शुभकामना व्यक्त गरेका थियो । उपस्थित सबैलाई नेपाली खानाले स्वागत गरिएको थियो संस्थाकी अध्यक्ष जुनु गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बिमला श्रेष्ठले गरेकी थिइन भने स्वागत मन्तव्य स‌ंस्थाकी उपाध्यक्ष मल्लिका थकालीले दिएकी थिइन् ।

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?