Comments Add Comment

यी हुन् विश्वका सबैभन्दा कुरुप प्राणी (फोटोफिचर सहित)

विश्वमा कुरुप देखिने प्राणीहरुको संरक्षणका लागि गठित अन्तराष्ट्रिय संस्था कुरुप जनावर संरक्षण समाजले विश्वको सबैभन्दा कुरुप प्राणी छनोट गरेको छ ।

विश्वमा झ्वाट्ट देख्दा सुन्दर लाग्ने वन्यजन्तु तथा जनावरहरुको संरक्षणमा मात्र चासो गएको र कुरुप जनावरहरु सबैको हेलाको पात्र बनेकाले यी लोप हुने खतरामा पर्दै गएको भन्दै समाजले कुरुप देखिने प्राणीको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यसैक्रममा समाजले यो पटक बेलायतको न्युक्यासलमा भएको बि्रटिस साइन्स फेस्टिभलमा जेनाटिनस ब्लब फिस नामक माछालाई पृथ्वीको सबैभन्दा कुरुप प्राणीको उपाधि प्रदान गरेको छ ।

blob

धर्तीका कुरुप प्राणीको दोश्रो नम्बरमा प्रोबोसिस बाँदर पर्यो । तेश्रो नम्बरमा सुँगुर नाके कछुवा, चौथो नम्बरमा अण्डकोषे भ्यागुतो तथा पाँचौ नम्बरमा गुप्तांग क्षेत्रमा बस्ने जुम्रा परेको छ ।

Old-Tongue-Nose-

pig nosed

frog

pubic

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment