+

तनहुँमा इन्डो-नेपाल फुलकन्ट्याक्ट

२०७० भदौ  २७ गते १९:५० २०७० भदौ २७ गते १९:५०
तनहुँमा इन्डो-नेपाल फुलकन्ट्याक्ट

२७ भदौ, काठमाडौं । तनहुँ जिल्ला बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा छैटौं इन्डो-नेपाल फुलकन्ट्याक्ट प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ ।

तनहुँको दुलेगौडामा हुने प्रतियोगितामा पुरुषतर्फ ३० केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५५ केजीमुनि र खुला तौलसमूह गरी ५ स्पर्धामा भिडन्त हुनेछ । महिलामा खुला तौलसमूहमा मात्र खेल हुनेछ । दुईदिने प्रतियोगितामा १ सय २० खेलाडीको सहभागिता रहने बुदोकैदोका केन्द्रीय अध्यक्ष काजीमान श्रेष्ठले जनाएका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ६५ हजार खर्च हुने बताइएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय