Comments Add Comment

विराटनगर विमानस्थलमा कुकुरसहितको प्रहरी टोली

ध्रुव भट्टराई

२८ भदौ विराटनगर । मानिसहरुको वढीमात्रमा आवत जावत भई रहने विमानस्थलको रुपमा लिइने विराटनगर विमान स्थलको सुरक्षा जाचका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरीको टोली परिचालन गर्न थालिएको छ ।

एक मात्र अन्तराष्टिय विमानस्थल काठमाण्डौपछि विराटनगर विमानस्थलमा पहिलो पल्ट कुकुर परिचालन गरी सुरक्षा जाच गर्न थालिएको हो । खुल्ला सिमानाका कारण पछिल्लो समय मोरङ जिल्ला विष्फोटक पदार्थ र लागु औषध कारोवारीको केन्द्रको रुपमा विकास भएको भन्दै त्यसको नियन्त्रणका लागि तालिकप्राप्त कुकुरलाई प्रायोगमा ल्याएको हो ।

bri-airpot

सो विमानस्थललाई विष्फोटक पदार्थ र लागू औषधको ट्रान्जिट हुनबाट रोक्न चेकजाचमा नेपाल प्रहरीको तालिमप्राप्त कुकुरलाई प्रयोगमा ल्याएको नगारिक उड्डयान प्राधिकरण विराटनगरका प्रवन्धक राजकुमार क्षेत्रिले अनलाईन खवरलाई वताउनुभयो ।

प्राधिकरणका अुनसार कोशी अंचल प्रहरी कार्यालय धरानमा रहेको तालिम प्राप्त तीन वाट कुकुरलाई विमानस्थलको सुरक्षा जाचमा प्रयोग गरिएको छ । विमानस्थलको मार्ग भएर अनेत्र जिल्लामा जाने यात्रुहरुको लकेज भित्र रहेको सामानहरुको जाँचका लागि यी तालिक प्राप्त कुकुरको सहयातमा चेकजाँच गरिनेछ ।

dog-2

dog-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment