Comments Add Comment

अश्लिलताको पराकाष्ट : अधुरै रह्यो ‘ग्रान्ड मस्ती’का हिरोको नेपाल आउने सपना

काठमाण्डौका मल्टिप्लेक्स हलमा शुक्रबारदेखि प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्र ‘ग्रान्ड मस्ती’लाई चलचित्र सेन्सर बोर्डले रोक लगाएको छ । सेन्सरले रोकेपछि चलचित्रको प्रदर्शन नेपालमा नहुने भएको छ ।grand-mastiनेपाली सिनेमाका दृश्य र संवाद माथि कडा बन्दै आएको चलचित्र सेन्सर बोर्डले भारतिय चलचित्रलाई पनि आफ्नो कडा छवि देखाउन थालेको छ । यसअघि सेन्सरले भारतिय सिनेमालाई छुट दिदै नेपाली सिनेमालाई मात्र कडाई गरेको आरोप लाग्दै आएको थियो ।

चलचित्रमा अश्लिल दृश्य र संवाद धेरै भएको भन्दै चलचित्र सेन्सर बोर्डले यसको प्रदर्शनमा रोक लगाएको हो । विवेक ओबराय, रितेश देशमुख, अफ्ताब लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा प्रदर्शनमा नआएपछि नेपाली सिनेमालाई फाइदा मिलेको छ ।

चलचित्रमा समावेश दृश्यहरु अत्यन्त अश्लिल भएको भन्दै भारतका विभिन्न शहरमा पनि प्रदर्शनमा रोक लगाइएको छ । केही दिन अघि मात्र चलचित्रका तिन नायकले सिनेमा हिट भएको खण्डमा नेपाल आउने बताएका थिए । दर्शना आट्सले वितरणको जिम्मा लिएको यो सिनेमा हेेर्ने नेपाली दर्शकको चाहना अब अपुरै हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment