+

साफ उपविजेता महिला फुटबलरलाई जनही एक लाख दिने एन्फाको घोषणा

२०७५ चैत  ९ गते १८:४६ २०७५ चैत ९ गते १८:४६
साफ उपविजेता महिला फुटबलरलाई जनही एक लाख दिने एन्फाको घोषणा

९ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ च्याम्पियनसीपको उपविजेता नेपाली टोलीका खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

शुक्रबार बिराटनगरमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो । बिराटनगरमै शनिबार बसेको एन्फा साधारणसभाको बैठकले उपविजेता खेलाडीहरुलाई जनही १ लाख नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।

प्रदेश १ सरकारले १ लाख र बिराटनगर महानगरपालिकाले ५० हजार दिने घोषणा गरिसकेको छ ।

बैठकले एन्फाको आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट २३ करोड ७४ लाख ५ण् हजार अनुमोदन गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय