
९ चैत, पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले २०२० सम्म पोखरा क्रिकेट मैदानमा अन्तराष्ट्रिय म्याच खेल्ने इच्छा रहेको बताएका छन् ।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कप्तान पारस र पोखरा पि्रमियर लिग -पीपीएल)को आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टको टोली शनिबार पोखरा मैदानमा पुगेको थियो ।
त्यसक्रममा पारसले मैदानमा भौतिक पूर्वाधार तयार भए अन्तराष्ट्रिय खेल हुनसक्ने बताए । २०२० सम्म पोखरामा अन्तराष्ट्रिय म्याच खेल्ने इच्छा रहेको उनले सुनाए ।
जवाफमा मुख्यमन्त्री गुरुङले पोखरा मैदान कसले हेर्ने भन्ने केन्द्र र प्रदेश सरकारबीच प्रष्ट हुन बाँकी रहेको बताए । तर, मैदानलाई स्तरोन्नती गरेर अन्तराष्ट्रिय खेलहरु गराउन आवश्यक बजेट दिन प्रदेश सरकार तयार रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4