+
+
Shares

बेल्जियममा मनाइयो १०० औँ वीपी जयन्ति

लुभेन । बीपी कोइराला स्मृति प्रतिष्ठान बेल्जियमले स्वर्गिय नेता विश्वेश्वर प्रसाद कोईरालाको १०० औँ जन्म जयन्तिको अवसरमा बिहीवार एक वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस भ्लान्दरेनसँगको सहकार्यमा लुभेन शहरको ग्यासुसवर्ग अन्तर्गत रेडक्रस

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १६:०६

– विष्णु सापकोटा

लुभेन । बीपी कोइराला स्मृति प्रतिष्ठान बेल्जियमले स्वर्गिय नेता विश्वेश्वर प्रसाद कोईरालाको १०० औँ जन्म जयन्तिको अवसरमा बिहीवार एक वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस भ्लान्दरेनसँगको सहकार्यमा लुभेन शहरको ग्यासुसवर्ग अन्तर्गत रेडक्रस भवन को Blo0d transfusie centrum मा सम्पन्न सो कार्यक्रममा २२ जना नेपालीहरुले रक्तदान गरेका थिए ।1

 कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य ईन्द्र क्षेत्री,नेपाल तरुण दल महिला विभागकी पूर्व उपप्रमूख मति सीता सापकोटा, गैरआवासीय नेपाली सँघ बेल्जियमका महासचिव माधव सापकोटा, जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, नेपाली लोकतान्त्रीक मञ्चका सँस्थापक अध्यक्ष कृष्ण खतिवडा, जनप्रगतिशील मञ्च बेल्जियमकी मति साधना बोहरा, चितवन सहायता कोषका रामहरी घिमिरे, सांग्रीला सोसाईटी बेल्जियमका परमानन्द सापकोटा र ईन्द्र्धनुष क्लव बेल्जियमका नरहरी सापकोटाले रक्तादान गर्नुभयो । त्यसै गरि अन्य रक्तदाताहरुमा इश्वरी कँडेल,मति नूतन कँडेल, बिकाश कँडेल, बिकास कार्की, बिष्णु तिवारी, अशोक कँडेल, सुरेन्द्र हमाल, सुमन बिसी, रामहरी सास्त्री, मति भगवती अधिकारी, मति शान्ती भट्टराई, राजु घिमिरे, मति यम कुमारी गुरुङ र जगदिश सापकोटा हुनुहुन्थ्यो ।

रक्तदान जस्तो मानवसेवाको कार्यमा सरीक भै महामानवप्रति सच्चा रूद्धाञ्जली अर्पण गर्नुहुने सबै सहभागीहरूमा प्रतिष्ठानका अध्यक्ष ध्रुवराज पौडेलले धन्यबाद दिँदै आभार प्रकट गर्नुभएको छ । आफ्नो स्थापना काल देखि नै बेल्जियममा बिपी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गत महिना मात्र यस प्रतिष्ठानका सदस्यहरूको सहलगानीमा निर्मित गिरिजाबाबुको जीवनीमा आधारित वृत्तचित्र “हाइज्याकिँग फर डेमोक्रेसी”युरोप भरी प्रदर्शन गरेर यस प्रतिष्ठानले सर्वत्र प्रसंसा बटुलेको छ । कार्यक्रममा प्रतिष्ठानकी सचिव सीता सापकोटाले बिपीले अँगालेको मेलमिलापको नीति प्रवासको भूमिमा रहँदै गर्दा पनि एक अर्का बिच भाईचाराको संवन्ध कायम राख्नको निमित्त बीपीले आत्मसाथ गरेको मेलमिलाप दिवस, कोजाग्रत पूर्णिमाको चियापान, बिपी स्मृति दिवस लगायत अन्य थुप्रै कार्यक्रमहरू यस प्रतिष्ठानले बेल्जियमको नेपाली समाजका बीच गर्दै आएको चर्चा गर्नु भयो ।2

स्वर्गीय बिपी कोइरालालाई सच्चा राष्ट्रबादी, प्रजातन्त्रवादी, समाजवादी, जनताको मनोभावना बुझ्ने नेताका रुपमा लिनुको साथै उहाँलाई एक बहुआयामिक ब्यक्तित्वको रुपमा समेत लिईन्छ । कोइराला प्रजातान्त्रिक समाजवादका एक अन्तरराष्ट्रिय स्तम्भ हुनुहुन्थ्यो । उहाँको कालजयी सिद्धान्तलाई प्रवासमा रहेका नेपालीहरुबीच सहमति,सहकार्य,एकता र भाइचाराको रुपमा बिकसित गरेर लिएर जाने उद्देस्य यस प्रतिष्ठानले लिएको कुरा प्रतिष्ठानका सदस्य समेत रहनुभएका ने.काँ.महासमिति सदस्य इन्द्र क्षेत्रीले बताउनु भयो । नेपाली हरुका माझमा बैचारीक साझा संगठन अन्तर्गत लैजाने यसको अवधारणा रहेको बुझिएको छ ।

रक्तदाताहरूको अत्यधिक चाप बढेपछि मेनपावरको अभावका कारण रेडक्रस भ्लान्दरेनले अर्को दिन रक्तदान कार्यक्रम गर्न अनुरोध गरेपछि धेरै नेपालीहरू रक्तदान नगरिकन फर्कनु परेको थियो भने बाटोमा आउँदै गर्नुभएका एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष मति जानकी गुरूँग,एनआरएनका अध्यक्ष प्रेम गुरूँग,युरो नेपाल कलाकार सँघका अध्यक्ष पदम गुरूँग,हेल्प नेपालका अध्यक्ष सहदेव गौतम लगायतका विशिष्ठ ब्यक्तिहरू यो सूचना पाए पछि बाटैबाट फर्किन बाध्य हुनुभएको थियो ।

रेडक्रस भ्लान्दरेनले प्रतिष्ठानद्वारा गरिएको यस कार्यक्रमको प्रसँशा गरेको छ । यस सम्वन्धी सचित्र समाचार रेडक्रसको बुलेटिन तथा स्थानीय समाचार माधयमहरूबाट प्रकाशित/प्रशारित गरिने कुरा रेडक्रसले जनाएको छ । उक्त रक्तदान कार्यक्रमको संयोजन प्रतिष्ठानका मिडिया कोअर्डिनेटर विष्णु सापकोटाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?