Comments Add Comment

कारसँग करणी गरेको क्यामरामा कैद भएपछि…….

रक्सीको नशाले लठि्ठएका एक युवकले पार्किङमा राखेको कारसँग करणी गरिरहेको दृश्य सिसिटीभी क्यामरामा कैद भएको छ ।

निर्वस्त्र भएर निलोरंगको ल्याण्ड रोबर डिस्कोभरी कारसँग मैथुन गरिरहेको अवस्थामा २४ वर्षका डानियल कुपरको करतूत क्यामरामा कैद भएपछि उनलाई पर्नु फसाद परेको छ ।

Daniel-Cooper-2268035

बेलायतको खबर हो यो । हटकक भन्ने उपनामभएका डानियल कुपरले रेष्टुरेन्ट बाहिर पार्किङ गरिरहेको कारछेउँ गएर आफ्ना लुगा फुकालेर कारको बडीमा आफ्नो यौनांग रगडिरहेका थिए ।

साथी भाइसँग रेष्टुरेन्टमा गएर टन्न धोकेको र रक्सीको नशामा आफुले के गरेँ ? भन्ने हेक्का आफुलाई नभएको ३ सन्तानका बाउ डानियलको जिकिर छ । उनले कारसँग करणी गरिरहेको बेला केही स्थानीय मानिसले समेत देखेका थिए । तर प्रहरीलाई खबर गर्नुअघि नै उनले आफ्नो चर्तिकला बन्द गरेका कारण क्यामरामा कैद गरिएका दृश्यका आधारमा उनलाई पक्राउ गरियो र मुद्दा चलाइयो । क्यामरामा कैद भएको दृश्यलाई हेर्नेहो भने उनले सुरुमा पार्किङ स्थलमा गएर पिसाब फेरे, तयसपछि आफ्नो सुरुवाल घुँडासम्म झारे र टिसर्ट माथि सारे । त्यसपछि उनले त्यहाँ पार्किङ गरेको कारलाई हात हल्लाएर हाइ भने अनि आफ्नो टिसर्ट पूरै खोले अनि कारसँग गएर करणी गर्न लागे ।

उनी विरुद्ध अदालतमा दायर मुद्दामा फैसला सुनाउँदै न्यायाधीले उनलाई ८५ पाउण्ड जरिवाना सुनाउँदै आउँदो तिन महिनासम्म शुक्रबार, शनिबार तथा आइतबार रातको समयमा घर बाहिर निस्कन रोक लगाएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment