Comments Add Comment

महिलालाई वेवास्ता गर्नु देश कमजोर हुनु होः सुजाता

२९ भदौ, दक्षिण कोरिया । नेपाली का्रग्रेसकी नेतृ सुजाता कोइरालाले महिलाको वेवास्था गर्नु देश कमजोर हुने संकेत भएको बताउनुभएको छ । जुनसुकै व्यक्तिको पहिलो आदर्शको पात्र महिला आमा भएकाले उनीहरुको सम्मान नगरी वेवास्था गरे मुलुक कमजोहुने कोइरालाको भनाई छ ।

sujata koiralaएशियाली राजनीतिक दलहरुको संस्था आइक्यापले दक्षिण कोरियामा गरेको महिला नेतृत्व र सशक्तिकरण विषयक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले देशका जुनसुकै गतिविधिमा पनि महिलाको उपस्थिति उल्लेख्य बनाउनुपर्ने दाबी गर्नुभयो ।

सम्बोधनका क्रममा नेतृ कोइरालाले नेपालका सबै लोकतान्त्रिक आन्दोलनमा महिलाहरुले पुर्याउएको योगदानको चर्चा गर्नुभएको थियो । आइक्यापको महिला समितिको उपाध्यक्ष रहनुभएकी नेतृ कोइरालाले अब राजनीतिक दलहरुको नेतृत्वका लागि महिलाहरु पनि सक्षम भएको बताउनभएको थियो ।

सम्मेलनमा सानुरी पार्टीका अध्यक्ष ह्वाङ योयू डेमोक्रयाटीक पार्टीका किम हाङजी लगायतले महिला सशक्तिकरणका विषयमा धारणा राख्नुभएको थियो ।

बंगलादेशका पूर्व राष्ट्रपति इर्शाद, आइक्यापका सहअध्यक्ष जोस डि भ्यानिसिया लगायत एशिया अफ्रिका ल्याटिन अमेरिकाका विभिन्न देशबाट आएका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुन, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद कोरियन राष्ट्रपति पार्क ज्यून ह्युले भिडियो सन्देश पठाएर सम्मेलन सफलताको कामना गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment