Comments Add Comment

‘बीग बोस ७’ आजबाट, काजोलकी बैनीदेखि राजेश खन्नाकी प्रेमिकासम्म (नामाबली सहित)

भारतिय टेलिजिभन कर्लसमा आजबाट ९० दिनसम्म ‘बीग बोस सिजन ७’ प्रशारण हुँदैछ । यो रियालिटी शो को चर्चा भारतमा मात्र नभई नेपालमा पनि हुने गर्दछ । ‘बीग बोस’का दर्शक नेपालमा पनि उल्लेख्य छन् । यसैले पनि यसको चर्चा यतिबेला उचाइमा छ ।gahaur-khan-and-tanisha-muk‘बीग बोस ७’ लाई बलिउड नायक सलमान खानले संचालन गर्नेछन् । ‘बीग बोस सिजन ७’मा सलमान दुई भिन्न रुपमा देखिन लागेकाले पनि यसको चर्चा चुलिएको हो ।

यो रियालिटी शो विशेषगरी सहभागीहरुको पृष्ठभूमी र उनीहरुले ९० दिनसम्म एउटा घरमा गर्ने क्रियाकलापका कारण चर्चामा छ । यसैले पनि भारतमा यो कार्यक्रमलाई सर्वाधिक टीआरपी पाउन सफल रियालिटी शो को रुपमा हेरिन्छ ।

यो बर्ष ‘बीग बोस सिजन ७’मा बालिका बधूकी प्रत्यूषा बनर्जी सहभागी हुनेछिन् । आफ्नो प्रेमिको कारणले गर्दा पनि उनको चर्चा निक्कै हुने गरेको छ । यस्तै निर्माता तथा निर्देशक राजकुमार कोहलीका छोरा अरमान कोहली यो शोमा सहभागी हुदैछन् । उनी आफ्नो गरम स्वभावका कारण चर्चामा छन् ।

अर्का सहभागी हुन् रतन राजपूत । ‘अगले जनम मोहे बीटिया ही कीजो’ बाट चर्चा कमाएकी रतनले एक टेलिजिभनको माध्यमबाट स्वयंभर पनि गरेकी थिइन् । बीग बोसमा सहभागी हुन लागेका रजत रवैले नायक सलमान खानको साथमा ‘बडीगार्ड’ नामक सिनेमामा देखिसकेका छन् । यस्तै यो शोमा कुशल पंजाबी पनि सहभागी हुनेछिन् । टेलिभिजन कलाकार कुशललाई मोडल सोफिया हयातले राहुल महाजनको साथमा मिलेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएकी थिइन् ।

यो बर्षको ‘बीग बोस सिजन ७’मा नायिका काजोलकी बैनी तनिषा मुखर्जी पनि सहभागी हँुदैछिन् । तनिषा नायक उदय चोपडाको साथमा डेटिङमा रमाएका कारण पनि चर्चामा थिइन् । गौहर खान पनि यो रियालिटी शो मा सहभागी हुदैछिन् । र्‍याम्पमा कहिले आफ्नो कपडाको कारण त कहिले आइटम डान्सका कारण गौहर खान चर्चामा छिन् ।

यो बर्षको ‘बीग बोस सिजन ७’मा शिल्पा अग्निहोत्री र उनका पति अपूर्व अग्निहोत्री पनि सहभागी हँुदैछन् । यस्तै ‘बीग बोस सिजन ७’मा काम्या पंजाबी, हेजल, कुश्ती विजेता संग्राम सिंह, आनन्द कुमार, कुशल टंडन, अनिता आडबाणी, एली अवराम सहभागी हुँदैछन् ।

यस बर्षको ‘बीग बोस सिजन ७’ हेर्न लायक हुने धेरैको तर्क छ । टेलिभिजन र मोडलिङमा ख्याती कमाएका कलाकारहरुको साथले ‘बीग बोस सिजन ७’लाई चर्चामा ल्याउनेछ । ‘बीग बोस सिजन ७’को उद्घाटनमा सलमानको साथमा नायक अक्षय कुमार पनि देखिदैछन् । उनी आफ्नो नयाँ चलचित्र बोसको प्रमोशनका लागि ‘बीग बोस सिजन ७’को उद्घाटनमा आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment