Comments Add Comment

कांग्रेसको उम्मेदवार छान्ने संसदीय बोर्डमा को-को परे ?

७ असोज, काठमाडौं । नेपाली कांग्रेसले लामो विवाद र गृहकार्यपछि उम्मेद्वार छनौट गर्ने संसदीय बोर्ड गठन गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको बैठकले सभापति सुशील कोइरालाको संयोजकत्वमा बोर्ड गठन गरेको हो ।

संसदीय बोर्डमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडल, महामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंह, कोषाध्यक्ष चित्रलेखा यादव रहनुभएको छ । यस्तै देउवा पक्षका नेता पूर्णबहादुर खड्कालाई सहमहामन्त्री नियुक्त गर्दै बोर्डमा राखिएको छ ।

यस्तै विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, रामशरण महत, सुजाता कोइराला, आनन्द ढुंगाना, अर्जुननरसिह केसी र फर्मुल्हा मन्सुर बोर्डमा छानिनुभएको छ । उहाँहरुमध्ये निधी र श्रेष्ठ देउवा पक्षका हुनुहुन्छ । ६ सीट माग्दै आएको देउवापक्षबाट बोर्डमा ५ जनामात्रै परेका छन् भने सुजाता र अर्जुननरसिंह केसी यसअघि कोइराला पक्षमा रहे पनि पछिल्लो समय संस्थापन पक्षसँग असन्तुष्ट एवं मझधारका नेता मानिनुहुन्छ ।

चर्चामा आएर पनि बोर्डमा नपर्नेहरु

कांग्रेसको संसदीय बोर्डका धेरैजना दाबेदार नेताहरु अनपेक्षित रुपमा बाहिरिएका छन् । कोइराला विश्वासपात्र एवं उत्तराधिकारीकै रुपमा चर्चामा आएका शशांक कोइराला संसदीय बोर्डमा अटाउनुभएन । त्यसैगरी कोइराला परिवारका अर्का हस्ती शेखर कोइरालालाई पनि सभापतिले बोर्डमा सिफारिस गर्नुभएन ।

त्यसैगरी संस्थापन पक्षबाट बोर्डका आकांक्षीहरु १९ जना थिए । संस्थापन पक्षका आकांक्षीहरुमा प्रवक्ता दिलेन्द्रप्रसाद बडु, पद्मनारायण चौधरी, कुलबहादुर गुरुङ, मीनेन्द्र रिजाल लगायत हुनुहुन्थ्यो । संस्थापन पक्षमा हानाथाप भएकाले पनि बोर्ड गठनमा ढिलाइ भएको थियो ।

देउवा पक्षमा भने आकांक्षी धेरै थिएनन् । आकांक्षीमध्येका ज्ञानेन्द्रबहादुर कार्की सहमहामन्त्रीका आकांक्षी भए पनि पूर्णबहादुर खड्का सहमहामन्त्रीमा चुनिनुभएको छ ।

म्मेदवार छान्न बुँदे कार्यविधी

बैठकले उम्मेदवार छनोटको ६ बुँदे कार्यविधी समेत बनाएको छ । क्षेत्रीय र जिल्ला समितिको सिफारिस प्रक्रिया पूरा भए नभएको हेर्नु पर्ने, समोवशी हुनु पर्ने, पार्टीमा पुर्‍याएको योगदान, उसको क्षमता र लोकपि्रयता समेतलाई विशेष ध्यान दिनु पर्ने लगायत छन् ।

बैठकले निर्वाचनका लागि कांग्रेसका तर्फबाट खडा गरिने उम्मेदवारलाई पार्टीको तर्फबाट दिने मनोनयनको औपचारिक पत्र प्रदान गर्न सभापति कोइरालालाई अधिकार दिएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले टिकट माग्दै काठमाडौं आएका नेताहरुलाई जिल्ला र्फकन आहृवान गरेको छ ।

 

नयाँ अनुहारमा जोड दिन युवा नेताको सुझाव

यसैबीच युवा केन्द्रीय सदस्यहरु गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियारले उम्मेदवार छनोटबारे १० बुँदे सुझाव दिएका छन् । सभापति सुशील कोइरालालाई बुझाइएको ज्ञापन पत्रमा गुटबन्दीका कारण जित्ने सम्भावना भएका उम्मेदवार छुट्न नहुने, मुख्य नेतृत्व तथा विशेष परिस्थितिमा पुरानो उमेदवारलाई दोहोर्याउनु पर्ने बाहेक नयाँ अनुहारलाई अबसर दिनु पर्ने उपत्यकाबाट कम्तिमा तीन जना मधेशी मुलका ९उपत्यकाकै मतदाता रहेका० लाई समानुपातिक सूचीमा राख्नु पर्ने लगायतका सुझाब दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment