Comments Add Comment

लगानी सम्मेलनमा ७७ परियोजना राख्ने तय, दर्जन बढीमा एमओयू

१२ चैत, काठमाडौं । सरकारले चैतको १५ र १६ गते गर्ने लगानी सम्मेलनमा ७७ वटा परियोजना राख्ने भएको तय छ । यसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा परियोजना निजी क्षेत्रले राख्नेछन् । यी परियोजनामा विदेशी लगानी र लगानीकर्ताको खोजी हुनेछ ।

मंगलबार बसेको लगानी बोर्डको बैठकले सम्मेलनमा राखिने आयोजनाहरुको अन्तिम टुंगो लगाएको छ । ‘आज टुंगिएका बाहेक अब थप आयोजना सम्मेलनमा राखिने छैन,’ अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकपछि भने ।

सम्मेलनमा करिब एक दर्जन परियोजनाको काम अघि बढाउन विदेशी लगानीकर्तासँगै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिने भएको छ ।

अर्थमन्त्री खतिवडाका अनुसार जलविद्युत, पर्यटन र उत्पादनका लगायतका क्षेत्रका करिब १ दर्जन आयोजना अघि बढाउन एमओयू गरिने उनको भनाइ छ ।

उनले सम्मेलन आयोजना गर्न हलको अभाव भएकाले ठूलो सम्मेलन केन्द्र बनाउने विषयमा पनि बैठकमा प्रधानमन्त्रीसँग छलफल भएको बताए ।

खतिवडाले विदेशी लगानीकर्ता झोलामा पैसा लिएर आउँछन् भन्ने दृष्टिकोण राख्न नहुने भन्दै उनीहरुलाई नेपालको वातावरणबारे बुझाउनुपर्ने बताए ।

उनकाअनुसार सम्मेलनमा करिब साढे ६ सय देखि ७ सय विदेशी लगानीकर्ता सहभागी हुनेछन् । यस्तै ३ सयभन्दा बढी स्वदेशी लगानीकर्ता पनि सम्मेलनको हिस्सा बन्नेछन् ।

सम्मेलनमा लगानीकर्तामात्रै नभएर उनीहरुलाई कर्जा उपलब्ध गराउने आईएमएफ, एडीबी लगायतका दातृ संस्था पनि सहभागी हुने बताए । यस्तै विभिन्न देशबाट उच्च सरकारी स्तरका  अधिकारीहरुको पनि सहभागिता सुनिश्चित भएको  छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी विदेशी लगानीकर्ता आउने क्रम सुरु भएको र सबैभन्दा बढी लगानीकर्ता बिहीबार आइपुग्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले तयारी लगभग सकिएको र त्यसकै जानकारी बोर्डका सदस्यहरुलाई दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment