Comments Add Comment

शान्तिका लागि मन्त्रालय तथा पूर्वाधार गठबन्धनमा आचार्य निर्वाचित

१० असोज, काठमाण्डौ । स्विट्जरल्यान्डको जेनेभास्थित शान्तिका लागि मन्त्रालय तथा पूर्वाधार विश्वगठबन्धनले नेपालका सुरेशप्रसाद आचार्यलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ । गठबन्धन शान्ति तथा पुनःनिर्माणसम्बन्धी विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था हो । आचार्य सो उच्च पदमा एसियाबाट निर्वाचित हुने प्रथम व्यक्ति हुनुहुन्छ । यसअघि उहाँ सन् २०११ देखि गठबन्धनको सञ्चालक समिति सदस्य हुनुहुन्छ ।

त्यस्तै दक्षिण अफ्रिकी करेन बरेन्से र डेनमार्कका बिर्गर नुरुप निर्विरोध सो संस्थाका सहअध्यक्षमा निर्वाचित हुनुभएको छ । संयुक्त अधिराज्यमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनबाट एक दशक पहिले गठबन्धनको स्थापना भएको हो र यसमा ५० भन्दा बढी राष्ट्र सदस्य छन् । गठबन्धनलाई नेपाललगायत स्विट्जरल्यान्ड, कोस्टारिका, पपुआन्युगिनी, घाना, सियरालियोन, कङ्गो, दक्षिण अफ्रिका र कोलम्बियाका सरकार तथा संयुक्त राष्ट्र सङ्घ एवम् अन्य बहुपक्षीय, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सङ्गठनले सहयोग प्रदान गरेका छन् ।

आचार्य गत भदौ ३१ देखि यही असोज ४ गतेसम्म जेनेभामा भएको गठबन्धनको छैटौँ सम्मेलनबाटसन् २०१३-२०१४ सम्मका लागि सो पदमा निर्वाचित हुनुभएएको हो । शान्ति तथा पुननिर्माण मन्त्रालयका सहसचिव साधुराम सापकोटाले पनि नेपाल सरकारका तर्फबाट सो सम्मेलनमा भाग लिनुभएको थियो । सम्मेलनमा ४२ देशका १५७ शान्ति निर्माणका क्षेत्रमा कार्यरत सङ्घसंस्था र विज्ञ सहभागी थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment