+
+
Shares

नेपालमा फलफूलको परनिर्भरता बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १२ गते १७:१३

१२ असोज, काठमाडौँ । नेपालमा हावापानी र भूगोलको अनुकूलताले फलफूल निर्यातको सम्भावना भएको विज्ञहरुले औंल्याइरहँदा तथ्यांकले भने आयात बढिरहेको देखाएको छ । नयाँ खेतीमा चासो नहुनु र भएको खेती पनि व्यवस्थित गर्न नसक्नुले यस्तो अवस्था आएको हो ।

सन् २०१२ मा नेपालले ४४ हजार टन स्याउको आयात गरेको छ । जसमध्ये यस वर्ष ४८ हजार ९४६ टन स्याउ नेपालमा उत्पादन भएको निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

fruits

स्वदेशमा उत्पादन हुने र अन्य मुलुकबाट आयात गरिएका गरी वाषिर्क ९२ हजार ९५० टन स्याउ स्वदेशमा खपत हुने गरेको कृषि विकास विभागले प्रकाशन गरेको त्ाथ्याङ्कमा उल्लेख छ ।

उक्त स्याउबाट मानिसले जुस बनाएर पनि पिउने गर्छन् । सन् २०१२ मा नेपालले २८१ टन स्याउ निर्यात गरेको त्ाथ्याङ्कमा उल्लेख छ । तसर्थ आयातलाई निर्यातले प्रतिस्थापन गरेकाले नेपालमा स्याउको बजार प्रचुर रहेको बुझ्न सकिन्छ ।

नेपालले विभिन्न प्रकारका फलफूल २३ भन्दा बढी देशबाट आयात गर्ने गरेको छ । मित्रराष्ट्र चीनबाट आउने स्याउले नेपालको बजारमा पकड जमाएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र जिआइजेट सार्क टिपिएनले संयुक्तरूपमा तयार पारेको अनुसन्धानले प्रतिवेदनले देखाएको छ ।

सन् २०१२ मा नेपालमा सुन्तला, एक लाख ६६ हजार ६१२ टन, आँप, तीन लाख २८ हजार ८८३ टन, ४८ हजार ९४६ टन स्याउ र ३८ हजार ५४१ टन नस्पाती उत्पादन भएको थियो ।

उत्पादन भएका फलफूलमध्ये नेपालले आँप र स्याउमात्र निर्यात गरेको छ । जसमध्ये एक हजार २९५ टन आँप र २८२ टन स्याउको निर्यातलाई नगन्य मान्न सकिन्छ ।

नेपालले भारत, बङ्गलादेश, थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अपि|mका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया सिङ्गापुर, भियतनामलगायत २३ मुलुकबाट लगातार १३ जातिका विभिन्न फलफूल आयात गर्ने गरेको बुझिन्छ ।

नेपालले फलफूलको अलवा सन् २०१२ मा रु ३१ करोड ५७ लाख ४३ हजार ७०० का जुसमात्र आयात गरेको तथ्यबाट पनि नेपालको फलफूलमा आयात बढेको प्रमाणित गर्नुहुन्छ नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सुरेश प्रधान ।

नेपाल फलफूल उत्पादनका लागि उर्वर भूमि हो । तर उत्पादनमा युवा जनशक्ति नदेखिएकै कारण फलफूल आयात गर्नुपरेको घरेलु तथा साना उद्योग विभागका निर्देशक डेगेन्द्र पौडेलले बताउनुभयो ।

नेपालमा भुइँकटर, उखु, सुन्तला, मौसम, जुनार, आँप, अम्बा, कागती, लिची, ग्ा्राउन्ड एप्पल, केरा, अनार स्याउलगायतका अन्य सयौँथरिका फलफूलखेती गर्न सकिने प्रशस्त सम्भावना र वातावरण भएर पनि उत्पादनमा कसैको चासो नजानुले निश्चय पनि नेपालको फलफूल आयातमा परनिर्भरता बढ्दै गएको पुष्टि हुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?