+
+
Shares

जसरी पनि जित्नुपर्छ भन्ने होइन : नेता नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १९ गते १५:५१

१९ असोज, काठमाडौं । नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी जसरी पनि चुनाव जित्नु पर्ने भन्ने नभएको बताउनु भएको छ । लोकतन्त्र र राष्ट्रियताको आधारलाई बलियो बनाउन चुनावी मैदानमा उत्रिएको उहाँको भनाई छ ।

एमालेका काठमाडौँका विभिन्न १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारसँग परिचयका लागि प्रेस चौतारी, काठमाडौंले शनिबार गरेको कार्यक्रममा नेता नेपालले कम्युनिस्टहरू पनि जनताबाट अनुमोदित हुनुपर्छ भन्ने जनताको बहुदलीय जनवादको मान्यताअनुसार आफ्नो पार्टी अघि बढेको बताउनुभयो ।”हामी एकदलीय तानाशाह लाद्ने वा यथास्थितिवादीको पक्षपोषणलाई प्रश्रय दिँदैनौं, परिवर्तनप्रतिको जनताको चाहनालाई सम्बोधन गर्न जनताबाट अनुमोदित हुन चाहान्छौँ ।” नेता नेपालले भन्नुभयो, “एमाले लोकतान्त्रिक मूल्य र मान्यतामा उभिने पार्टीका रूपमा स्थापित हुन चाहान्छ ।”

नेता नेपालले अर्को संविधानसभाले छ महिनाभित्र नयाँ संविधान बनाउने गरी एमालेले आफ्ना घोषणापत्र तयार गर्ने पनि बताउनुभयो । उहाँले काठमाडौँलाई देशको राजधानीलाई अन्तर्राष्ट्रिय पर्यटनको सम्भावनाका रुपमा विकसित गर्न सकिने धारणा राख्नुभयो ।

नेता नेपाल काठमाडौँ निर्वाचन क्षेत्र नं २ का एमाले उम्मेदवार पनि हुनुहुन्छ । कार्यक्रममा एमालेका काठमाडौँका अन्य क्षेत्रका उम्मेदवारहरू विद्या न्यौपाने, रामेश्वर फुयाँल, निर्मल कुइँकेल, ईश्वर पोखरेल, योगश भट्टराई, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र सुरेन्द्र मानन्धरको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?