Comments Add Comment

चुनावको मुखमा फुट्यो शिव सेना नेपाल

११ कात्तिक, मकवानपुर । हिन्दूबादी दल शिव सेना नेपाल चुनावको मुखमा विभाजित भएको छ । सो पार्टीको एउटा समूहले नेपाल शिव सेना पार्टी गठन गरेको घोषणा गरेको हो । शिव सेनामा रहेका १०१ जना सदस्य मध्ये आफ्नो पक्षमा ७५ प्रतिशत सदस्य रहेको दावी पनि नयाँ समूहले गरेको छ ।

शिव सेना नेपालका असन्तुष्ट पदाधिकारीहरुको हेटौडाको सिद्धार्थ होटलमा आइतवार राति सम्पन्न बैठकले माधवप्रसाद भण्डारीको संयोकत्वमा नयाँ पार्टी गठन गरेको हो ।

अनिल बस्नेतले नेतृत्वको शिवसेना नेपालले हिन्दू धर्मकै अस्तित्व सक्ने खेलमा लागेको आरोप लगाउादै भण्डारीको संयोजकत्वमा नेपाल शिवसेना पार्टीको ३२ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । भण्डारी यसअघि भण्डारी शिवसेना नेपालका केन्द्रीय महामन्त्री थिए ।

Shiba Sena‘हिन्दूवादी संगठनको नाममा दल र संस्थाहरुले देशको मातृधर्मको विनाशमा लागिरहादा उनीहरुलाई रोक्न कुनै संगठन अघि नबढेकाले हिन्दूवादी धार्मिक पार्टीको गठन गरिएको हो ।’ नेपाल शिवसेना पार्टीका संयोजक भण्डारीले भन्नुभयो, ‘नेपालको धर्म संस्कार संस्कृतिलाई बचाउन नेपाल शिवसेनाले काम गर्ने छ ।’ भण्डारीले भन्नुभयो ।

निर्वाचन वहिष्कार गर्ने

नेपाल शिव सेना पार्टीले मंसिर ४ को संविधानसभा निर्वाचन बहिस्कार गर्ने भएको छ । विदेशी शक्तिको चाहानामा हुन गइरहेको आसन्न संविधानसभाको निर्वाचनले हिन्दूराज्य घोषणा नगर्ने भएकोले चुनाव बहिस्कार गरिने पार्टीका संस्थापक सदस्य केदार खड्काले बताउनुभयो ।

‘संविधानसभाको निर्वाचनले गणतन्त्र संस्थागत गर्ने, धर्मनिरेपक्षतालाई संस्थागत गर्ने र जातीय संघियतालाई संस्थागत गर्छ’, ‘नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान सफल बनाउन हामी यो पटकको चुनावमा सहभागी हुन्नौ ।’ खड्काले भन्नुभयो ।

उम्मेदवारी फिर्ता गरिने

शिवसेना नेपालका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता गर्न थालेको दावी नवगठिन नेपाल शिव सेनाले दावी गरेको छ । पार्टीले घोषणापत्र नबनाएपछि उम्मेदवारी फिर्ता गर्न लागेको शिवसेना नेपालका बारा क्षेत्र नम्बर ३ का प्रत्यक्ष तर्फका उम्मेदवार शत्रुधनसिंह राजपुथले बताउनुभयो ।

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत समानुपातिकका उम्मेदवार हुन् । देशभरिबाट समानुपातिकतर्फ झरेको मतको प्रतिशतको आधारमा उनी सभासद बन्ने दाउमा लागेको नेपाल शिव सेनाका सदस्यले लगाएका छन् ।

शिव सेना नेपालका ७५ प्रतिशत उम्मेदवारले उम्मेदवारी फिर्ता गर्न लागेको दावी नेपाल शिवसेना पार्टीले गरेको छ । समानुपातिकतर्फकी उम्मेदवार वविता देवी रामले हिन्दू धर्म घोषणा नगर्ने कथित संविधानसभाको चुनाबमा भाग नलिने बताउादै उम्मेदवारी फिर्ता गर्ने बताइन् ।

शिव सेना नेपालले मंसिर ४ को चुनावमा प्रत्यक्षतर्फ ६ जना महिलासहित ८१ जना उम्मेदवार उठाएको छ ।

 तेजन खड्का

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment