+
+
Shares

चुनाव सार्ने षडयन्त्र भइरहेको माधव नेपालको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १६ गते १६:०१

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा काठमाडौं-२ का उम्मेद्वार माधवकुमार नेपालले पराजित हुने मानसिकता बनाएर संविधानसभा निर्वाचन सार्ने षड्यन्त्र हुन लागेको बताउनुभएको छ ।

‘हार्छु भन्ने ठानेर कसैले पनि चुनाव सार्ने दाउपेच नगरुन्, हालत खस्किन्छ कि भन्ने ठानेर कसैले पनि चुनाव सार्ने बाहनाबाजी नगरुन्, काठमाडौं-२ का पत्रकारहरुसँग शनिबारको भेटघाटमा नेपालले भन्नुभयो, ‘कुनै पार्टीको ईच्छा पूरा गर्ने हो भने अब देश थप बर्बाद हुन्छ, अन्योल र संकटको भूमरीमा फस्छ, राष्ट्रियता झन् जोखिममा पर्नेछ ।’

नेता नेपालले निर्वाचन गर्ने र १ वर्षभित्र संविधान जारी गरिसक्ने प्रमुख दलबीच भएको सहमति र प्रतिवद्धताबाट कुनै दल पछि हटे त्यस्ता दल जनताबीच नांगेझार हुने कडा चेतावनी पनि दिनुभयो । ‘एक वर्षभित्र संविधान घोषणा हुन नसके जनमतसंग्रहबाट विवादित विषय टुंग्याएर भए पनि संविधान जारी गर्ने सहमति भइसकेको र प्रमुख दलहरुले नै दुई तिहाई बहुमत ल्याउने सम्भावना भएकाले तलमाथि होला जस्तो लाग्दैन ।’ उहाँले भन्नुभयो, ‘तर कुनै दल हारको मानसिकताले चुनावै नगराउने षड्यन्त्रमा लाग्छन् भन्ने अब जनताले नै नांगेझार बनाउनेछन् ।’ उहाँले च

नाव बहिस्कार गरिरहेको वैद्य माओवादीलाई निर्वाचन महाअभियानमा बाधा-अबरोध खडा नगर्न आग्रह गर्दै संविधान निर्माणमा नेकपा-माओवादी -वैद्य माओवादी) लाई निर्वाचनपछि कुनै उपाय खोजेर संविधान निर्माण प्रक्रियामा सहभागी गराउन सकिने बताउनुभयो । ‘निर्वाचन महाअभियानमा बाधा-अबरोध खडा नगर्नुस्, संविधान निर्माण गर्न र मुलुकलाई अघि बढाउन तपाईंहरुको पनि उत्तिकै आवश्यकता छ, माओवादीलाई आग्रह गर्दै नेपालले भने, ‘बरु निर्वाचन सम्पन्न भइसकेपछि कुनै उपाय खोजेर भए पनि मिलेरै अघि बढौंला ।’

देशभरि नै एमालेको पक्षमा जनलहर देखिएको भन्दै उहाँले आफ्नो पार्टीले बहुमत ल्याउने प्रवल सम्भावना बढिरहेकाले निर्वाचन बिथोल्न अनेक षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्नुभयो । नेपालले एमालेको बहुमत आए आगामी चैत मसान्तभित्र कुनै हालतमा स्थानीय निकाय निर्वाचन सम्पन्न गरिछाड्ने उद्घोष गर्नुभएको नेपालका सहयोगी मोहन गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?