Comments Add Comment

ग्लोबल आइएमई र डेनिबाबीच रेमिट्यान्स सम्झौता

११ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक र युएईको डेनिबा इन्टरनेशनल एक्सचेन्चबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।

Glowal-bank-and-Doniba-intlसम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र डेनिबा इन्टरनेशनल एक्सचेन्जको तर्फबाट कार्यकारी निर्देशक अब्बास मेहमद इसाले हस्ताक्षर गर्नुभयो । सम्झौतापछि युएईमा रहेका डेनिबा इन्टरनेशनलका सम्पूर्ण शाखाबाट पठाएको रकम ग्लोबल आइएमई बैंक र इन्टरनेशनल मनी एक्सप्रेसका एजेन्टमार्फत भुक्तानी लिन सकिने छ । नेपालमा ग्लोबल आइएमईका ७२ वटा शाखा र इन्टरनेशनल मनी एक्सप्रेसका २५ सय एजेन्ट रहेका छन् ।

बैंकले केहि दिन अघिमात्र युएईको इमिरेट्स इन्डिया इन्टरनेशनल र कतारको अलअमाना एक्सचेन्जसँग रेमिट्यान्स कारोबार सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment