Comments Add Comment

एसईई परीक्षा नसकिएसम्म शिक्षाका कर्मचारी पूर्ववत् जिम्मेवारीमै

८ चैत, काठमाडौं । सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश र स्थानीय तहमा कार्यरत शिक्षा सेवाका त्यस्ता कर्मचारीलाई परीक्षा समाप्त भएपछि मात्रै समायोजन भएको कार्यालयमा जान निर्देशन दिएको हो । परीक्षाका लागि जिल्ला समन्वय समितिको सदस्यसचिवका रूपमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रहने भएकाले साविक बमोजिम कार्यसम्पादन गर्न भनिएको मन्त्रालयले जनाएको छ ।

यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि २१ गतेसम्म देशभर एकसाथ हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । यसमा दुई लाख ३६ हजार ४४५ पुरुष र दुई लाख ३८ हजार ५५८ महिला विद्यार्थी छन् ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार परीक्षाका लागि एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् । अनिवार्य विषयका प्रश्नपत्रहरु सातै प्रदेशबाट सोधिनेछ ।

विद्यालय शिक्षामा ‘अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारीपछि अक्षराङ्कन पद्धतिमा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment