Comments Add Comment

ऋचाले कसरी अड्काइन् बिमलेशको करिअर र बिहेको साइत ?

म्यूजिक भिडियोमा चर्चित मानिएका मोडल बिमलेश अधिकारी चलचित्रमा पनि जम्ने कोशिशमा छन् । तर चलचित्रको पर्दामा बिमलेशको जादु म्यूजिक भिडियोमा जस्तो नजमेको पक्कै हो ।richa-ghimire-and-bimleshकुनै समय निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेसँग बिमलेश निक्कै नजिक थिए । ऋचाले निर्माण गरेको चलचित्र ‘ब्रेक फेल’बाट सफल हुनेमा विश्वस्त थिए बिमलेश । तर चलचित्रले सोचे जस्तो ब्यापार नगरेपछि बिमलेशको करिअर ढुलमुलाएको थियो । फेरी उनै ऋचा र शंकरकै प्रोजेक्ट ‘तुलसी’मा उनले मुख्य भूमिका निर्वाहा गरेका छन् ।

तर बिडम्बना नै भन्नुपर्छ चलचित्र बनेको लामो समयसम्म पनि प्रदर्शनमा आउन सकेको छैन । घिमिरे दम्पत्ती सिनेमाको शो भन्दै विदेश घुमिरहेका छन् । विश्वका विभिन्न देशमा चलचित्रको शो भइरहेको छ । नेपालमा राम्रो बजार नभएको भन्दै घिमिरे दम्पत्ती सिनेमा चलाउन पछि हटिरहेको छ ।

तर सशक्त अभिनय गरेको सिनेमा नचल्दा बिमलेशको करिअरलाई भने घाटा लागेको छ । ‘तुलसी’ प्रदर्शनमा आएको खण्डमा आफ्नो करिअरलाई पनि फाइदा हुने विश्लेषण उनी गर्छन् । तर उनको चलचित्र नेपालमा प्रदर्शनमा आउने सुरसार नै छैन ।

अष्ट्रेलियाको केही समय बसाई पश्चात नेपाल आएका हिरो अधिकारीले आइतबार पत्रकार तथा साथीभाइसँग भेटघाटको कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा बिमलेश ‘तुलसी’ले आफ्नो करिअरलाई अड्काएको गुनासो गर्दै थिए । बिमलेशको यो गुनासोलाई घिमिरे दम्पत्तीले कसरी लिने हुन् त्यो केही समय पश्चात नै थाहा हुनेछ । तर म्यूजिक भिडियोमा जस्तो सिनेमामा जम्न नसक्दा बिमलेश चिन्तित देखिएका छन् । उनले ‘तुलसी’ नचलेसम्म बिहे नगर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment