+
+

सुरुङमार्गमा पूँजी संकलन गर्न ५ मर्चेन्ट बैंकलाई प्रबन्धकमा नियूक्त

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १७ गते १९:५०
१७ मंसिर, काठमाडौं । बहुचर्चित काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग निर्माण कार्य प्रारम्भ गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले परियोजनाका लागि आवश्यक पूँजीको व्यवस्था गर्न मर्चेन्ट बैंकहरुलाई पूँजी संकलन प्रवन्धकमा नियुक्ती गरेको छ । कम्पनीले नागरीक लगानी कोष, नविल इन्भेष्टमेन्ट बैकिङ्ग, भिबोर क्यापिटल, एनएमबि क्यापिटल र एनसिएम क्यापिटल गरी ५ कम्पनीलाई सोमबार प्रबन्धकमा नियुक्ती गरेको हो ।

कार्य संयोजकको रुपमा कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टलाई नियुक्ती गरेको छ । कम्पनीहरुले नेपालभित्र तथा विदेशमा रहेका नेपाली व्यक्ति तथा कम्पनीहरुसँग व्यक्तिगत सम्बन्धका आधारमा नेपाल पूर्वाधार विकास कम्पनीको संस्थापक शेयरमा लगानी जुटाउने काम गर्नेछन् । कम्पनीहरुको कार्य दक्षता, अनुभव, जनसम्पर्क, प्राविधिक पक्ष सवल एवं सम्पन्न भएको हुनाले उक्त कम्पनीहरुलाई पूँजी संकलन गर्न चयन गरिएको पूव्र्ााधार विकास कम्पनीले जनाएको छ ।

NPBCL

नियुक्ती पाएका कम्पनीहरु साधारण शेयर निष्काशनसम्म नेपाल पूर्वाधार विकास कम्पनीमा संलग्न रहनेछन् । नेपाल पूर्वाधार विकास कम्पनीले जारी पँूजी १८ अर्बमध्ये १६ अर्बको साधारण शेयर र २ अर्वको अग्राधिकार शेयर जारी गरेको छ । पूँजी संकलन प्रवन्धकहरुले जारी पूँजीको ६० प्रतिशत रकम संकलन गर्नका लागि उनीहरुले पूँजीको श्रोतहरुको पहिचान गरी बजार प्रवर्द्धन गर्ने, पूँजी संकलन र व्यवस्थापनको काम समेत गर्नेछन् ।

नेपाल पूर्वाधार विकास कम्पनीलेे लगानी कर्ताहरुको चाहनालाई मध्यनजर गर्दै आफुले लगानी गर्न प्रतिज्ञा गरेको शेयर रकमलाई तिन किस्तामा बुझाउन सक्ने व्यवस्था मिलाएको छ । जसअनुसार पहिलो बर्ष ३० प्रतिशत, दोश्रो बर्ष ४० प्रतिशत र तेस्रो बर्ष ३० प्रतिशतमा विभाजन गरी लगानी गर्न सक्नेछन् । त्यस्तै, कम्पनीले पहिलो वर्ष आफुले लगानी गरेको संस्थापक शेयर रकमको सिमा भित्र रहने गरी १० प्रतिशत कुपन दर सहितको परिवर्तनिय तथा संचितयोग्य अग्राधिकार शेयरमा लगानी गर्ने अवसर हाललाई पुस १६ सम्म व्यवस्था गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?