Comments Add Comment

सत्ताका लागि एमाले मरिहत्ते गर्दैन : नेपाल

२८ मंसिर, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले छाडेर अन्य पार्टीका गएका सबै नेता तथा कार्यकर्तालाई मूल घरमा र्फकन आहृवान गर्नुभएको छ । madhav-nepalउहाँले लोकतन्त्रमा विश्वास गर्ने देशभक्त र क्रान्तिकारी पार्टी एमाले मात्र भएको जिकिर गर्दै मुलुक र समाजको आर्थिक रुपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको एमालेको भविष्य उज्ज्वल रहेकाले यसको झन्डामा आबद्ध हुन आग्रह गर्नुभयो ।

शुक्रवार अनेरास्ववियू कोटेश्वर बहुमुखी क्याम्पस कमिटीको २३ औँ सम्मेलनको उद्घाटन गर्दै नेपालले छिटो परिवर्तन र देशभक्तिले ओतप्रोत भएको नयाँ संविधान बनाउन एमाले लागिपर्ने बताउनुभयो । नेपालले भन्नुभयो- एमालेलेे सत्ताका लागि मरिहत्ते गर्ने होइन, सङ्क्रमणकाललाई छोटयाएर राजनीतिलाई सङ्लो तुल्याउँदै दिगोशान्ति स्थापना गरी मुलुकलाई समृद्धितर्फ लैजाने विषयलाई महत्व दिएर काम गर्ने छ ।

राजनीतिक स्थायित्व र समझदारी नभई देश विकास असम्भव भएकाले दलबीच उच्चस्तरीय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । नवनिर्वाचित सभासद् आनन्दप्रसाद पोखरेलले भर्खंरै सम्पन्न निर्वाचनमा मतदाताले जाहेर गरेको मतका आधारमा सहमति कायम गरी छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्नेतर्फ सबै परिवर्तनकारी र लोकतान्त्रिक शक्तिबीच सहमतिको खाँचो औल्याउनुभयो । अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले विश्वविद्यालय तहमा सबैभन्दा अनुशासित विद्यार्थी सङ्गठनका रुपमा अनेरास्ववियुलाई स्थापित गर्ने अभियानमा लाग्न मातहतका कमिटीका पदाधिकारीलाई निर्देशन दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

सम्बन्धित खवर

Advertisment