+
+

प्राइम लाईफ इन्स्यारेन्सको डीडीए गर्न कमिटि गठन, आइतबारदेखि काम थाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १२ गते २:५०

१२ पुस काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको ड्यू डेलिजेन्स अडिट (डिडिए) गर्न कमिटि गठन गरिएको छ । उक्त कमिटिले आइतबारदेखि काम थाल्ने बीमा समिति अध्यक्ष डा. फत्तबहादुर केसीले अनलाइनखबरलाई जानकारी दनिुभयो ।

उक्त कमिटिमा बीमा समितिका निर्देशक राजुरमण पौडेल, दिनेश कुमार लाल, चाटर्ड एकाउन्टेन एलडी महत, रमेश धिताल, प्राइम लाईफ prime123इन्स्योरेन्सका तर्फबाट केशब अधिकारी र दिपबहादुर जीसी छन् । आज शुक्रबार डीडीए गर्ने सम्झौता पत्रमा हस्ताक्षर हुने र आइतबारदेखि कमिटिले आफ्नो काम शुरु गर्नेछ । कमिटिले समितिलाई ९० दिनभित्र डीडीए प्रतिवेदन बुझाउने छ ।

बीमा समितिले प्राइम लाईफका सम्पूर्ण कागजात नियन्त्रणमा लिइ शिलबन्दी गरेर राखेको छ । उक्त कागजात आइतबारदेखि खोलेर अध्ययन गरिने केसीले जानकारी दनिुभयो ।

बीमा समितिले तोकेभन्दा बढी खर्च गरेको, बोनस बढ्न नसकेको र प्राइमका विरुद्ध आधादर्जन उजुरी बीमा समितिमा परेपछि कम्पनीको कुल सम्पत्ति तथा दायित्व पत्ता लगाउन डीडीए गर्न लागिएको हो । कुनै पनि बीमा कम्पनीको वित्तीय विवरणमा शंका लागेपछि बीमा समितिले डीडीए गर्छ ।

बीमा समितिले प्राथमिक बीमा शुल्कको ६ प्रतिशतभन्दा बढी व्यवस्थापन खर्च गर्न नपाइने निर्देशन जारी गरेपनि प्राइमले यस्तो शिर्षकमा १८ प्रतिशत खर्च गरेको छ । प्राइम लाईफले बीमा समितिले तोकेभन्दा बढी खर्च गरेपछि बीमा समितिले प्रमुख कार्यकारी अधिकृत रेष्टा झालाई १० हजार रुपैयाँ जरिवाना समेत गरेको थियो ।

साथै संस्थागत शुसासन अन्तर्गत रहेको मापदण्डमा झा सीइओ बन्न अयोग्य ठहरिएकाले सञ्चालक समितिले झालाई सीइओ नियुक्ति गरेपछि बीमा समितिले स्वीकार गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?