Comments Add Comment

राष्ट्रपतिबाटै संविधानसभाको उद्घाटन हुनुपर्छ : कोइराला

१७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले आहृवान गर्नुपर्ने बताउनुभएको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबाटै बैठक बोलाउने सरकारले तयारी गरिरहेका बेला सबैभन्दा ठूलो दल कांग्रेसका सभापति राष्ट्रपतिको पक्षमा उभिनुभएको हो ।

Susil-Koirala1कोइरालाले संविधानसभा बैठक आहृवान र सरकार गठनबारे मालेका महासचिव सीपी मैनाली र नेकपा संयुक्तका महासचिव चन्द्रदेव जोशीसँग यसबारे बुधबार छुट्टा-छुट्टै छलफल गर्नुभएको छ ।

‘कांग्रेस सभापतिले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले नै आहृवान गर्नुपर्छ, विवाद गर्नु आवश्यक छैन भन्नुभयो-भेटपछि मैनालीले अनलाइनखबरसँग भन्नुभयो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्राध्यक्षको समेत जिम्मेवारी सम्हालेकाले संविधानमा प्रधानमन्त्रीले आहृवान गर्ने व्यवस्था गरेको भन्दै मैनालीले आफ्नो पार्टी पनि राष्ट्रपतिले नै बैठक आहृवान गर्नुपर्छ भन्ने पक्षमा रहेको जानकारी गराउनु भएको छ ।

कांग्रेस सभापति कोइरालाले संविधानसभाको पहिलो बैठक बसेपछि मात्र सरकार गठनबारे छलफल हुने बताउनुभएको छ । ‘हामी सकेसम्म कांग्रेस, एमाले र माओवादीसहितको सरकार गठनको पक्षमा छौं’ कोइरालाको भनाइ उदृत गर्दै मैनालीले भन्नुभयो-‘तर, यसबारे ठोस पहल संविधानसको बैठक बसेपछि मात्रै हुन्छ ।’

मैनालीले सकेसम्म सहमतिको सरकार बनाउनुपर्ने तर, एमाओवादी नआए कांग्रेस र एमाले मिलेर छिट्टै सरकार बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेकपा संयुक्तका अध्यक्ष जोशीले समसामयिक विषयमा कोइरालसँग छलफल भएको तर, सरकार गठनबारे ठोस प्रस्ताव नआएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment