Comments Add Comment

हुरी प्रभावितलाई प्रि-फ्याब घर बनाइदिने प्रदेश सरकारको घोषणा

१९ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले बाराका हुरी प्रभावितहरुका लागि वर्षा अगावै प्रि–फ्याब घर बनाइदिने भएको छ । राहत तथा सद्दार व्यवस्थापन उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले पीडितहरुको आवासबारे निर्णय गरेको हो ।

तत्कालका लागि त्रिपाल, टेन्ट लगायतको अस्थायी सेल्टरहरु बनाइने मुख्य न्यायाधिवक्ता एवं समितिका सदस्य दिपेन्द्र झाले जानकारी दिए । दीर्घकालीन पुनर्स्थापनाका लागि भने पूर्ण रुपमा घर क्षति भएका पीडितहरुलाई एकनासको प्रि–फ्याब द्दर बर्षा सुरु हुनु अगाडि (चार महिनाभित्र) तयार पार्ने निर्णय गरिएको उनले बताए ।

प्रदेश सरकारले बनाइदिने भनेको प्रिफ्याब घर कस्तो हुन्छ भन्ने सार्वजनिक भएको छैन । तर, भूकम्प प्रभावितहरुले पनि प्रिफ्याब घर बनाएका थिए, जुन भुइँतले हुन्छ ।

सहायकता कक्षमा राज्यमन्त्री

बैठकले राहत विचरणलाई व्यवस्थित बनाउन सहायक कक्ष स्थापना गर्ने निर्णय गरेको छ । सहायता कक्षमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास राज्यमन्त्रीका साथै प्रमुख विल्ला अधिकारी, सुरक्षा प्रमुख र स्थानीय जनप्रतिनिधि नै बस्नेछन् ।

तोकिएका अधिकारीहरु सहायता कक्षमा नियमित रुपमा अनिर्वाय उपस्थित हुनेछन् र उनीहरुले राहत संकलन वितरणको रेकर्ड राख्नुका साथै सहजिकरण गर्नेछन् । साथै हुरीबाट भएको क्षतिको विवरण संकलन पनि यही टोलीले गर्नेछ ।

अस्थायी सिकाइ कैन्द्र

प्रदेशका आन्तरिक मामिलामन्त्री अध्यक्ष रहेको उच्चस्तरीय समितिले हावाहुरी प्रभावित बालबालिकाहरुका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । साथै सामाजिक विकास मन्त्रालयको वार्षिक कार्यक्रमबाट मिलान गर्ने गरी करिव १५०० बालबालिकालाई ड्रेस, शैक्षिक सामाग्री र खेल समाग्री उपलब्ध गराइनेछ ।

नियमित स्वास्थ्यकर्मी परिचालन गर्ने, विद्यालय तथा स्वास्थ्य केन्द्रको पुनर्निर्माण क्रमशः गर्दै जाने पनि निर्णय भएको छ । बैठकले प्रभावित जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन सर्कुलर गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment