+
+

हङकङमा देउसी खेलेको पैसा बालगृहलार्इ

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २० गते १८:२७

२० पुस, मोरङ । हङकङ समाज नेपाल उर्लाबारी समूहले उर्लाबारीस्थित नमूना बाल गृहलाई शनिबार एक लाख २५  हजार २ सय ४६ रुपैयाँ हस्तान्तरण गरेको छ ।

हङकङमा देउसी खेलेर संकलन गरेको रकम बालगृहको अक्षकोषमा राख्ने गरी सहयोग गरिएको हो । हङकङ समाजकी सदस्य कोषकुमारी बर्देवाले गृहकी अध्यक्ष मिनादेवी बराललाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

यस्तै पारस–चन्द्रदेवी गौतम फाउन्डेसन काठमाडौंले पनि ६१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । सोही कार्यक्रममा मोरङ होक्लाबारी घर भई हाल अमेरिकामा चिकित्सा पेशामा संलग्न गजेन्द्र भट्टराईकी छोरी जया भट्टराईले आश्रमका बालबालिकालाई लत्ताकपडा, जुत्ता र खाना खुवाउनुभएको छ ।

उहाँले उक्त कार्यमा ५२ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । गृहकी अध्यक्ष मिना बरालले सहयोगी संस्था र दाताहरुप्रति आभार प्रकट गर्दै अक्षकोषमा जम्मा रकमको विवरण हेर्न चाहेको बेला उपलव्ध गराउने जानकारी दिनुभयो । संस्था सञ्चालन गर्न अक्षकोषमा एक करोड ५० लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

तेजन खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?